काठमाडौं । चीनको स्टार्टअप इलेक्ट्रीक कम्पनी होजोन अटोको अगस्ट महिनाको विक्रीमा उल्लेखनिय वृद्धि भएको छ । होजोन अटोले उत्पादन गर्ने ब्याट्री इलेक्ट्रीक भेहिकल नेटाको विक्री गत वर्षको अगस्टको तुलनामा १४२ प्रतिशतले बढेको हो ।
होजोनले उत्पादन गरेको नेटा भी ईभी अगस्ट महिनामा चिनियाँ बजारमा १६ हजार १७ यूनीट विक्री भएको तथ्यांक कम्पनीले सार्वजनिक गरेको छ । जुलाई महिनामा कम्पनीको कुल १४ हजार ३७ वटा ईभी विक्री भएको थियो ।
सन् २०२२ को ८ महिनासम्ममा नेटा इलेक्ट्रीक क्रसओभर चीनमा ९३ हजार १८५ यूनीट विक्री भइसकेको कम्पनीले जनाएको छ । जुन संख्या अघिल्लो वर्षको यहि अवधिको तुलनामा १७६ प्रतिशतले बढी हो ।
होजोनले नेटाभी, नेटा यूपछि आफ्नो नयाँ फ्ल्यागसीप मोडल नेटा एस सेडान जुलाईको अन्तयबाट विक्री सुरु गरेको थियो । अगस्टको विक्रीमा नेटा एसको समेत उल्लेखनिय योगदान रहेको छ ।
होजोन अटोले राइटह्याण्ड ड्राइभ देशमा नेपालपछि अगस्ट २४ मा थाइल्याण्डमा समेत विक्री सुरु गरेको छ । थाइ बजारमा प्रवेस गर्ने नेटा पहिलो चाइनीज स्टार्टअप ईभी कम्पनी हो । कम्पनीले थाई मार्केटमा वार्षिक ३ हजार ईभी बेच्ने लक्ष्य राखेको छ ।

