दशैं अफरः इलेक्ट्रीक मोटरसाइकलमा २५ हजार नगद छुट

काठमाडौं । कोमाकी इलेक्ट्रीकले आउँदै गरेको दशैंलगायतका चाडपर्वलाई ध्यानमा राखेर २५ हजारसम्म नगद छुट दिने ग्राहक लक्षित स्कीम सार्वजनिक गरेको छ । कोमाकी इलेक्ट्रीकको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले दशैं, तिहार र छठ पर्वलाई लक्षित स्कीक ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीममा ग्राहकले नगद छुट, एक्सचेन्ज सुविधा, निःशुल्क विभिन्न एशोसरिज तथा लक्की ड्रमार्फत इलेक्ट्रीक साइकल जित्न सक्ने स्कीम दिएको हो ।

कम्पनीले कोमाकीका विभिन्न मोडल अनुसार नगद छुट दिने ब्यवस्था गरेको छ । कोमाकी एलवाई स्कुटरमा १२ हजार नगद छुट, कोमाकी डी ३००० र एसई स्पोर्टसमा १५ हजार नगद छुट दिने जनाएको छ । त्यसैगरी, कोमाकी रेन्जर मोटरसाइकलमा भने २५ हजार नगद छुट दिने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज मार्फत कोमाकी मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार थप मूल्याङकनका साथै पुराना मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्याङन २५ हजार दिने कम्पनीले जनाएको छ ।

त्यस्तै हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा हेलमेट, मोटरसाइकल तथा स्कुटर कभर, लक्की ड्रमार्फत एकजना ग्राहकले आइफोन १४ प्रो र दुईजना ग्राहकले इलेक्ट्रीक साइकल जित्न सक्नेछन् ।

यो योजना नेपालभर रहेको कोमाकीको शोरुमाहरुमा उपलब्ध हुनेछ । यस योजनामा ग्राहकले कात्र्तिक १५ गतेसम्म सहभागी हुन पाउने छन् ।


Back_to_top