काठमाडौं । यामाहाका मोटरसाइकल किन्ने ग्राहकलाई ३० मिनेटमा ऋण उपलब्ध गराउने स्कीम सार्वजनिक भएको छ । यामाहाले ल्याएको दशैं स्कीमको मुख्य आकर्षण नै सहजै ऋण उपलब्ध गराउने रहेको छ ।
यामाहाको आधिकारीक वितरक एमएडब्लू लाइफले ‘यामाहा फेस्टीभ ह्याट्रीक’ स्कीम अन्तर्गत नगद छुट, ५० इन्चको हाइसेन्स स्मार्ट टेलीभिजन उपहार र ३० मिनेट मै कर्जा सुविधा उपलब्ध गराउने अफर गरेको हो ।
पछिल्लो समय बजारमा तरलता अभाव चुलिएसँगै मोटरसाइकलको विक्रीमा पनि ब्यापक गिरावट आएको छ । बजारमा लगानी योग्य रकमको अभाव देखिएपछि मोटरसाइकल विक्रेता अधिकांश कम्पनीले यस वर्षको चाडपर्वमा सरल फाइनान्स सुविधा उपलब्ध गराउने स्कीम चलाई रहेका छन् ।
यामाहाले पनि कम डाउन पेमेन्ट र उत्कृष्ट व्याजदरको स्कीमलाई निरन्तरता दिदैं यस वर्षको दशैं-तिहार स्कीम संचालन गरिरहेको छ ।
विशेषत ३० मिनेटमै कर्जामा लिन चाहने मानिसले आफ्नो मासिक आम्दानी खुल्ने कागजपत्र, एकजना जमानी बस्ने मानिस, नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, पानी वा विजुलीको विल जस्ता कागजपत्र तयार गरेर जानु पर्ने हुन्छ ।

