अपग्रेड भयो टीभीएस अपाचे आरटीआर १६० टु भी, यस्ता छन् थपिएका फिचर

काठमाडौं । टीभीएसले भारतमा आफ्नो रेसिङ डिएनए मोडल आरटीआरको अपग्रेड गरेको छ । कम्पनीले आफ्नो अपाचे आरटीआर सिरिजको १६० र १८० सीसीको मोडलमा अपडेट गरेको हो ।

अब टीभीएसको १६० र १८० दुई भल्भ (टुभी) भर्सनमा नयाँ बडी ग्राफिक्स, नयाँ डिजाइनको हेडल्याम्प र नयाँ टेलल्याम्प दिएर बजारमा उतारेको हो । टु भल्भ भर्सनमा पहिलो पटक रेन, अर्वान र स्पोर्टस् गरी तीन राइडिङ मोडसमेत दिएको छ । चालकले आफ्नो आवश्यकता अनुसार मोड छनोट गर्न पाउने छन् ।

कम्पनीका अनुसार स्पोर्टस् मोडमा छिटो एक्सलीरेसन, हायर टप स्पीड र उत्कृष्ट ब्रेकिङ सिस्टम पाउन सकिन्छ । अर्वान मोडमा चलाउँदा सरल एक्सीलरेसन, कम्फर्ट राइडका साथै राम्रो ब्रेकिङ पाउन सकिन्छ । त्यस्तै रेन मोडमा समान एक्सलीरेसन, कम्फर्ट राइडका साथै भिजेको कण्डिसनमा उपयुक्त हुने ब्रेकिङ पाउन सकिन्छ ।

कम्पनीले मोड परिवर्तन गर्नको लागि दाँया साइडको ह्याण्डलबारमा विशेष सुइच दिएको छ । टीभीएसले आफ्नो अपग्रेड मोडलको तौल २ केजीले घटाएको छ । तौल कम भएकै कारण ‘पावर टु वेट रेसियो’ अझ राम्रो भएको छ । कम्पनीले टुभी भर्सनमा पनि फोरभीको जस्तै ब्लुटुथ कनेक्टीभीटी सहितको अल डिजिटल स्ट्रुमेन्ट क्लस्टर दिएको छ ।


Back_to_top