काठमाडौं । बेनेली मोटरसाइकलको आधिकारीक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले दशैं–तिहार लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको स्कीममा ग्राहकले १ लाखसम्म नगद छुटको अवसर पाउने छन् ।
विगत ७ वर्षदेखि बेनेलीका उत्पादन नेपाली बजारमा विक्री वितरण हुँदै आएका छन् । केटीएम इन्टरनेशनलले आउँदै गरेको दशैं र तिहार जस्ता ठूला चाडपर्व लक्षित गर्दै ‘दशैं फिएस्टा’ अफर ल्याएको हो ।
कम्पनीको यो अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ । यस स्कीम अन्तर्गत ग्राहकले मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सक्नेछन् ।
पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरबाटै क्युआर कोड स्क्यान गरी नगद छुट लिन सक्नेछन् । यसरी घरबाटै स्क्यान गर्दा मोटरसाइकल किन्नै पर्छ भन्ने छैन ।
यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ । त्यसैगरी, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ‘वाक इन डिस्काउन्ट’ अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ उक्त कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । त्
साथै, मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।


