काठमाडौं । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको स्कीममा गाडी किन्ने ग्राहकले एक वर्षसम्म हाल्ने पेट्रोलको पैसा विक्रेताबाट फिर्ता पाउने छन् ।
यो योजना अनुसार रेनोको कुनै पनि मोडलको नयाँँ गाडीको खरिदमा उपभोक्ताले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङको सुविधा पाउने छन् ।
रेनो उत्सवमा गाडी किन्ने ग्राहकले एक्स्चेन्ज बोनस, ब्राण्ड लोयल्टी बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यसको साथै रेनो उत्सव अन्तर्गत स्योर शट इजी फाइनान्स र स्पट भ्यालुएसनको सुविधा पनि पाउने छन् ।
कम्पनीले ल्याएको स्कीम दशैं, तिहार तथा छठलाई लक्षित गरेर ल्याएको हुँदा त्यसको फाइदा ग्राहकले उठाउन सक्ने कम्पनीको भनाई छ ।
रेनोले अहिले नेपाली बजारमा काइगर, ट्राइबर, क्वीड लगायतका मोडलहरु विक्री वितरण गर्दै आएको छ । कम्पनीले विक्री गर्ने अधिकांश मोडल १००० सीसी सेग्मेन्टका छन् ।

