जर्मनीको स्थापित अटो निर्माता कम्पनी फक्सस्वागेनले ७ लाख एसयूभी रिकल गरेको छ । वर्षातको समयमा गाडीको छतमा लगाइएको सन्रुफबाट शर्ट–सर्किट हुने खतरा बढेपछि कार फिर्ता गर्ने निर्णय गरेको हो ।
कम्पनीले त्यतिमात्रै नभई, रुफमा नै आगो लाग्नसक्ने डरले ठूलो सङ्ख्यामा गाडी फिर्ता लिइएको अनुमान गरिएको छ । समस्या निम्तिएको मोडलको नाम करेन्ट जेनेरेशन टिगूआन र टोरेन रहेको छ । यी कारलाई कम्पनीले यही वर्षको जुलाईमा सार्वजनिक गरिएको थियो ।
कम्पनीको प्रवक्ताकाअनुसार ‘फक्सवागेन गाडीमा देखिएको फल्टलाई फिक्स गर्नका लागिपरेको छ । कम्पनीले यथाशिघ्र चाँडो परीक्षणको काम सम्पन्न गर्ने योजना बनाएको छ । ताकि, ग्राहकले आफ्नो गाडीलाई चाँडो ठिक अवस्थामा पाउन सकुन् ।’
फक्सस्वागेन ग्रुपले १ लाख २४ हजार फक्सवागेन, आउडी, पोर्शको इलेक्ट्रीक र हाइब्रिड कार रिकल गर्नु पर्ने जर्मन अथ्रुरिटीले आदेश दिइसकेको छ ।

