काठमाडौं । एनएमबी बैंकले अब रिकण्डिसन विद्युतीय सवारी साधन (ईभी) खरिद गर्न पनि ऋण दिने भएको छ ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ईभी किन्न मात्रै ऋण दिँदै आएकामा अब एनएमबीले रिकण्डिसन ईभीमा पनि कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले रिकण्डिसन ईभी खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेण्ड ह्याण्ड ईभी कर्जा सुविधा उपलब्ध गराउन सुरू गरेको हो । यसले नेपालमा चारपाँग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने बैंकले विश्वास लिएको छ ।
बैंकका अनुसार व्यक्तिगत र व्यवसायिक दुवै प्रयोजनका लागि रिकण्डिसन ईभी खरिद गर्न कर्जा पाइने छ । ग्राहकले सरल र छिटो प्रक्रियाबाट कर्जा पाउने बैंकले जनाएको छ ।
थप जानकारीका लागि देशभरका एनएमबी बैंकका शाखाबाट जानकारी लिन सकिने बैंकले जनाएको छ ।


