काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले एन सिरिजका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एन २५० र एन १६० सार्वजनिक गरेको हो ।
यी दुई मोटरसाइकल केही समय अगाडि नेपाली बजारमा भित्रिएका थिए ।
दैनिक प्रयोगको लागि र पावर पर्फर्मेन्स दुबैबा लागि युक्त स्पोर्टि लुक भएको मोटरबाइक रुचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
‘नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको छ । ७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ । र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँँ मापदण्ड खडा गर्नेछन्’, गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने ।
यस्तो छ पल्सर एन २५०
यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयलकुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८७५० आरपीएममा उच्चतम २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ ।
बजाजले नयाँ पल्सर एन २५० को दुवै ह्वीलमा डिस्क ब्रेक दिएको छ । यसको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क पाउन सकिन्छ । यसमा एबीएस फिचर पनि पाउन सकिन्छ ।
१७ इन्चको अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र रियरमा निट्रोक्स मोनोसक पाउन सकिन्छ । एनालगसहितको डिजिटल कन्सोल, वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।
पल्सर एन १६०
यसअघि पल्सर एनएस १६० नामबाट उपलब्ध मोटरसाइकलको सट्टामा पल्सर एन १६० आएको हो । कम्पनीले यसको इन्जिन, ह्वील, इन्धन ट्याङ्की, बडी प्यानल, हेडलाईट, टेललाइट, इन्ट्रुमेन्ट क्लष्टरदेखि एगजस्टसम्म परिवर्तन गरेको छ । निकै फ्रेस लुक्समा देखिएको पल्सर एन १६० आफ्नो नयाँ जेनेरेशन मोडल पल्सर २५० एनको बेबी भर्सन भन्दा फरक पर्दैन ।
बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
बजाजले १६० एनमा पनि सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, एबीएस र दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।
नेपाली बजारमा यी बाइकहरुको मुल्य क्रमश ४८९९०० र ३७९९०० रहेको छ ।

