कोनालाई टक्कर दिने रेनो मेगान, चाँडै नेपाल आउन सक्ने

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोको पहिलो डेडिकेटेड ईभी प्लेटफर्म सीएमएफ ईभीमा निर्माण भएको मेगेन क्रसओभर इलेक्ट्रीक कार अहिले चर्चामा रहेको छ । रेनोले धेरै हदसम्म यसको साइज र बनावट पुरानो क्रसओभर क्याप्चरसँग मोल्दोजुल्दो हुनेगरी तयार गरेको देखिन्छ ।

डिजाइन प्रेरित भएपनि रेनोले यसलाई डेडिकेटेड ईभी प्लेटफर्ममा बनाएको कारण यसमा लामो ह्वीलवेस र फराकिलो इन्टेरियर पाउन सकिन्छ ।

रेनोले मेगानको प्रोडक्सन मोडल सन् २०२१ मा जर्मनको म्युनिख इन्टरनेशनल मोविलीटी शोमा देखाएको थियो । सन् २०२२ को सुरुवातमै यूरोपियन बजारमा यसको विक्री सुरु भएको हो ।

यूरो एनक्यापबाट सेफ्टी रेटिङमा फाइभ स्टार सुरक्षा मानक पाएको मेगान चाँडै नेपाल आउने सम्भावना भएको मोडल हो । नेपालमा ईभीको बढ्दो आकर्षणलाई सम्बोधन गर्न रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइलले मेगान ईभी ल्याउन सक्ने देखिन्छ । नेपाल आउने हो भने यसको सिधा प्रतिस्पर्धा हुन्डाई कोनासँग हुनेछ ।

यूरोपियन बजारमा मेगेन इटेक दुई फरक व्याट्री साइजमा उपलब्ध रहेको छ । यससको स्ट्याडर्ड भेरियन्टमा ४० किलोवाट आवरको ब्याट्री प्याक र ९६ किलोवाट पीक पावर भएको मोटर उपलब्ध रहेको छ ।

त्यसैगरी, यसको लङ रेन्ज भेरियन्टमा ६० किलोवाट आवरको ब्याट्री प्याकसँग १६० किलोवाटको मोटर रहेको छ । डब्लुएलटीपीका अनुसार यो कारले सिंगल चार्जमा ३०० देखि ४७० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने छ ।

मेगान कारले १३० किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ । १३० किलोवाटको चार्जरले ३० मिनेट मै २०० किलोमिटर गुडाउन मिल्ने रेन्ज प्राप्त हुन्छ । यसमा रहेको १६० किलोवाटको मोटरले २१८ पीएस पावर तथा ३०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । फ्रन्ट ह्वील मोटर रहेको यो ईभीले ८ सेकेन्ड भित्रै १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने छ ।

रेनोको मेगेन ईभीमा लेवल २ सेमी अटोनोमस ड्राइभिङ क्यापावीलीटी सहित २६ प्रकारको एड्भान्स ड्राइभर असिस्ट सिस्टम पाउन सकिन्छ ।


Back_to_top