काठमाडौं । इटालीयन अटोमोवाइल ब्राण्ड फियाटले आफ्नो स्पोर्टी स्कर्पियन ब्याजमा अवार्थ ५००ई इलेक्ट्रीक ह्याचव्याक विक्री सुरु गर्ने भएको छ । पेट्रोलमा अवार्थ ५०० मोडलको ह्याचव्याक कार विक्री गरिरहेको फियाटले त्यसैलाई ईभी पावरट्रेनमा ल्याउने भएको हो ।
अवार्थ ५००ई ह्याचव्याकमा ४२ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । मोटरको हिसावले पनि यसमा ८५ किलोवाट आवरको मात्रै छ । नेपाल सरकारले १०० किलोवाटभन्दा कम क्षमताको मोटर भएको गाडीमा १० प्रतिशत भन्सार मात्रै लगाएकोले कम कर तिर्दा पुग्छ ।
फियाटको नेपालमा अहिले पनि आधिकारीक विक्रेता रहेको छ । एमएडब्लू लाइफ फियाटको आधिकारीक विक्रेता हो । त्यसैले विश्व बजारमा यसको विक्री आक्रमक बन्ने क्रममा अवार्थ ५०० ई पनि नेपाल आउने सम्भावना भएको मोडल हो ।
फियाटले ५०० ईलाई फास्ट चार्जर सपोर्ट गर्नेगरी बनाएको छ । उक्त चार्जरले चार्ज गर्दा १० देखि ८० प्रतिशत पुग्न केवल ३५ मिनेट मात्रै लाग्नेछ । अवार्थ ५०० मा जस्तै ईभी भर्सनको पनि अग्रेसीप फ्रन्ट फेसिका रहेको छ । प्रिमियम ह्याचव्याक कारको रुपमा रहेको ५०० ईमा आकर्षक रियर बम्पर, ठूलो साइजको साइड स्कट्स र १८ इन्चको ह्वील पाउन सकिन्छ ।

अवार्थ ५००ईको हाडटप मोडलमा ग्लासबाट बनेको छाना, टिन्टेड रियर विण्डो रहनेछ । यसको कन्भर्टिवल मोडलमा रियर स्पोइलरसँग इन्ट्रिगेटेड स्पेशल व्ल्याक सफ्ट टप मेटेरियर प्रयोग भएको छ ।
यसलाई स्पोर्टी देखाउनका लागि फ्ल्याट बटम अल्कान्टारा कभर भएको स्टेरिङ ह्वील दिइएको छ । अटोमेटिक एलइडी हेडलाइट, किलेस स्टार्ट स्टप, किलेस इन्ट्री वायरलेस चार्जर, जेबीएल साउण्ड सिस्टम, ३६० डिग्री क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर रहेको अवार्थ ५०० ई निकै उत्कृष्ट ह्याचव्याक कार हो ।


