काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा टोयोटाले नयाँ शोरुम खोलेको छ । कम्पनीले खोलेको नयाँ शोरुमपछि नेपालभर १० स्थान शोरुम खुलेको हो ।
गत शुक्रबार सुर्खेतमा तयार भएको स्टेट अफ दि आर्ट शोरुम कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले उद्घाटन गरेका हुन् । कार्यक्रममा टोयोटाको आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका बरिष्ठ निर्देशक कैलाश भक्त राजभण्डारी , महाप्रबन्धक महेश कुमार, सुर्खेत उद्योग बाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
शोरुम उद्घाटन गर्दै मन्त्री बिसीले सुर्खेतमा संसारकै टप कार ब्रान्डको शोरुम खुल्नु खुसीको विषय रहेको बताए । युटिएसका वरिष्ठ निर्देशक राजभण्डारीले टोयोटाको ‘ग्लोबल भिजन मोबिलिटी फर अल’लाई पुरा गर्न नेपालमा पनि शोरुम विस्तार भइरहेको र सुर्खेतमा शोरुम संचालनमा ल्याएको बताए ।
नयाँ शोरुमबाट सेल्स, सर्विस तथा स्पेयर पार्ट्स तीन वटै सेवा ग्राहकले पाउने छन् । नयाँ शोरुम उद्घाटनमा आएका सम्पूर्ण पाहुनालाई ओमश्री अर्चना बाबा मोटर्सका प्रबन्ध निर्देशक किसोर रेग्मीले धन्यबाद दिदै उत्कृष्ट सेवा दिन आफुहरु प्रतिबद्ध रहेको बताए ।
सुर्खेतमा खुलेको नयाँ शोरुमबाट टोयोटाका साना एसयूभीदेखि पीकअप, बस र ठूला एसयूभीहरु उपलब्ध हुनेछन् ।

