काठमाडौं । नेपालमा हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’का विजेता छनोट गरेको छ । छनोट भएको विजेताले विश्व कप २०२२को फाइनल कतार गएर हेर्न पाउने छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड वीन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई पनि कतारका लागि बिदाइ गरेको थियो ।
हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अन्तर्गत हुन्डाईको टेस्ट ड्राइभ एण्ड वीन, फुटबलको विश्वव्यापी अपिल मार्फत मानिसहरूलाई दिगोपना सम्बन्धी कार्यहरुमा सहभागी गराउने उद्देश्यले गरिएको थियो ।
कार्यक्रम अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी भएका थिए । यसरी सहभागी भएका मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ को विजेता बनेका थिए । दुवै विजेता आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार गएका छन् ।
त्यसैगरी कम्पनीले आज नक्सालको शोरुममा एउटा विशेष कार्यक्रम गरी ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ को विजेता छनोट गरेको हो । यस अभियानमा आफ्नो नाम रेजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकहरू मध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन् ।
कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत लक्की ड्र गरी विजेताको घोषणा गरेका थिए ।

