कारमा यी ९ एसोसरिजको प्रयोग गर्नाले हुन सक्छ ठूलो दुर्घटना

काठमाडौं । अधिकांस कारधनीले कारलाई आर्कषक र सुविधा सम्पन्न बनाउन विभिन्न एसोसरिजको प्रयोग गर्ने गरेको पाइन्छ । आकर्षक तथा सुन्दर बनाउनको लागि प्रयोग गरिने यस्ता सामाग्री निक्कै असुरक्षितसमेत हुने गर्छन् । 

यसबाट बच्न हामीले हाम्रा पाठकलाई बजारमा उपलब्ध दश घातक एसोसरिजको नाम दिने प्रयास गरेका छौं । 

फिटिङ स्टेरिङ्ग कभर्स

बजेट कारका अधिकांस मालिकले ग्रिप लेभल बढाउनको लागि स्टेरिङ्ग ह्वीलको  प्रयोग गर्ने गर्छन् । प्रायःजसो मानिसलाई यसले आफ्नो क्याबीनको शोभा बढाउने विश्वास रहेको हुन्छ । तर, गैरअधिकृत एसोसरिज पसलबाट खरिद गरिएको कमजोर  फिटिङ्ट स्टेरिङ्गले कभर स्टेरिङ्ग ह्वीलमा असर पुर्याउने गर्छ । जसको कारण ड्राइभरको नियन्त्रण गुम्न गई   ठूलो दुर्घटना निम्तन सक्छ । 

नन्ओइएम फ्लो म्याट्स 

एसोसरिज मार्केटबाट कार फ्लोर म्याट्स किन्नु सामान्य कुरा हो । तर, नन्ओइएम फ्लोर म्याट्स किन्नु भेइकल कन्ट्रोल, ब्रेक प्याडल र एक्सेलेटरको लागि निक्कै हानिकारक हुनसक्छ । जेनियुन एसोसरिज डिलरबाट म्याट किन्दा महंगो पर्ने भएकाले सस्तो  नन् ओइएम फ्लोर म्याट छान्ने गरिन्छ । जसको कारण दुर्घटना निम्तने डर हुन्छ । 

रंगीन हेडल्याम्प्स वा फगल्याम्प्स

सामान्यतया कारहरुमा पहेँला कलरको हेडल्याम्प्स लगाएको देखिन्छ । सहजै कुनै दृश्य देख्नको लागि प्रायः मानिसले यस्तो रंगको हेडल्याम्प्स लगाउने गरेका छन् । तर, हेडलाइटको बिमको प्रभावले झन् समस्या निम्त्याउँन सक्छ । कारको तिव्रतामा समेत असर पर्ने भएकाले यस्ता रङ्गीन ल्याम्पहरु नलगाउँदा नै बेस हुन्छ ।

ल्याम्प ब्ल्याक आउट किट

कतिपय कार मालिकले आफ्नो कारमा हेडल्याम्प्स र टेलल्याम्प्समा ब्लाक पेन्ट लगाउने गर्छन् । यस्तो गर्दा कार स्पोर्टी देखिन्छ तर बल्बको प्रकाशमा  निक्कै असर पार्ने गर्छ । जसको कारण दुर्घटना निम्तन सक्छ ।

पार्सल ट्रे सोपिस 

कार मालिकले आफ्नो पार्सल ट्रेमा सोपिस राख्नु स्वभाविक कुरा हो । तर, कारको क्याबिनमा राखिएको शोपिसले आउटलुक ग्लासलाई छेक्ने गर्छ, जसलेगर्दा पछाडिबाट आएको गाडि देख्न गाह्रो हुन्छ । यसको अलवा हार्ड बेक्रिङको समयमा सोपिस खस्न सक्छ । जसको कारण ड्राइभरको नियन्त्रण गुम्न सक्छ ।

फ्ल्यास लाइट

कतिपय कार चालकले कारको हेडल्याप्स र टेल ल्याम्प्समा चहकिलो फ्ल्यास लाइट लगाउने गरेका छन् । आँखा नदेख्ने रोड युजर्सको लागि यस्तो फ्ल्यास लाइट निक्कै हानिकारक हुनसक्छ । हेडल्याम्प्समा फ्ल्यास लाइट बल्ब भएको कारण रातको समयमा मधुरो दृश्य देखिन्छ । जसले दुर्घटना बढाउने छ ।

इलेक्ट्रिकल वायर

बजारमा खरिद गर्ने अन्य इलेक्ट्रिक वस्तु जस्तो साउन्ड सिस्टम, एम्पलीफायर, हेडल्याम्प्स बल्बलगायतका समान जडान गर्नको लागि अतिरिक्त तार जोड्ुनपर्ने हुन्छ । जसको कारण कारमा हिटिंग भई कारमा आगो लाग्ने संभावना हुन्छ । 

स्टेरिङ्ग स्पिनर 

स्टेरिङ्ग स्पिनर निक्कै लोकप्रिय हुनुका साथै खतरानक पनि हुने गर्छ । बजारबाट खरिद गरिएका स्टेरिङ्ग स्पिनर सहजै भाँचिन सक्छन् । जसको कारण कार नियन्त्रण बाहिर पुग्न सक्छ । 

सिटबेल्ट एसोसरिज

सिटबेल्टलाई कारको विशेष पार्टको रुपमा लिइन्छ । आकस्मिक दुर्घटनाको समयमा यसले मानिसलाई बचाउँने गर्छ । तर, सजावटको लागि मात्रै खरिद गरिएका सिटबेल्टले प्रतिकुल असर पुर्याउन सक्छ । 


Back_to_top