टाटाको सस्तो ईभीको उत्कृष्ट रेन्ज, दुई महिनापछि नेपाल आउने

काठमाडौं । टाटाले आफ्नो पछिल्लो इलेक्ट्रीक कार टियागो ईभीको मिडिया टेस्ट ड्राइभ गराएको छ । भारतमा रहेका चल्तीका अटो मिडियाले टेस्ट ड्राइभपछि टियागोले सिंगल चार्जमा २०० किमि रेन्ज दिने रिपोर्टहरु प्रकाशन गरेका टन् ।

टाटा टियागो ईभीको लङ रेन्ज मोडलको सडकमा गुडाउँदा देखिएको रेन्जले धेरैलाई उत्साहित बनाएको छ । एआरएआईले प्रमाणित गरे अनुसार टियागोले ३१५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यद्यपि, सडकमा आएको २०० किलोमिटर रेन्ज उत्कृष्ट रहेको रिपोर्टहरुमा उल्लेख छ ।

टाटा टियागो ईभी कम्पनीले उत्पादन र विक्री गर्ने सबैभन्दा कम मूल्यको ह्याचव्याक कार हो । यसअघि विक्री हुँदै आएको कम्बस्चन इन्जिन युक्त टियागोको तुलनमा अगाडिको फ्रन्ट फेसिया र ह्वीलमा परिवर्तन गरिएको छ । तर, त्यसबाहेक अन्य फिचरमा ठूलो परिवर्तन पाउन सकिदैन ।

लङ रेन्ज टियागोमा २४ किलोवाट आवरको लिथियम आयोन फाेस्फेट (एलएफपी) ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई ७.२ किलोवाटको एसी फास्ट र ५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्न सक्छ । यसमा स्टायडर्ड चार्जर भने ३.३ किलोवाटको आउने छ । टियागोमा सर्ट रेन्ज मोडल १९.२ किलोवाट आवरको ब्याट्री पनि उपलब्ध हुनेछ ।

टाटाले ‘डट ईभी’को ब्याच प्रयोग गरेर आफु नयाँ ईभी ब्राण्डिङको लागि तयार रहेको सन्देश दिएको छ । टाटाले टियागोको धेरै स्थानमा ‘डट ईभी’ ब्याच दिएको छ । टाटा टियागो ईभीमा १४ इन्चको ह्वील र विभिन्न ५ कलर अप्सन छनोट गर्न सकिन्छ ।

स्मार्ट फिचर लोडेड टियागो ईभीको इन्टेरियरमा ब्लू कलरको एसेन्ट प्रयोग गरिएको छ । लेदरले कभर गरिएको स्टेरिङ ह्वील, लेदर सिट, रोटरी डायल गियर नव, ४५ कनेक्ट कार फिचर, हिल स्टाट र डिसेन्ट एसिस्ट, टायर प्रेसरमोनिटर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, मल्टी मोड रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, क्रुज कन्ट्रोल जस्ता फिचर रहेका छन् ।

टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले फेब्रुअरी अन्तिमसम्ममा नेपाल ल्याउन प्रयास गरिरहेको टियागो ईभी निकै प्रतिक्षित मोडल हो । नेपालमा टियागोको टप भेरियन्ट २८ लाख रुपैयाँ भित्रै उपलब्ध हुने अनुमान गरिएको छ ।


Back_to_top