काठमाडौं । बजाज अटो भारतको सबैभन्दा सफल मध्येको एक मोटरसाइकल उत्पादक हो । भारतमा उत्पादन गरेर मोटरसाइकल निर्यात गर्ने मामलामा भने बजाज पहिलो स्थानमा आउँछ ।
विश्वका ७० भन्दा धेरै देशमा मोटरसाइकल निर्यात गर्दै आएको बजाजले रसियादेखि ब्राजिलसम्म आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । हालै कम्पनीले ब्राजिलमा दुई नयाँ मोडल डोमिनार २०० र डोमिनार १६० को विक्री सुरु गरेको छ ।
कम्पनीले विक्री सुरु गरेका दुबै मोडल विगत लामो समयदेखि नेपालमा विक्री हुँदै आएको पल्सर एनएसमा आधारित डोमिनार २०० र डोमिनार १६० हुन् ।
बजाजको चर्चित मोटरसाइकल एनएस २०० र एनएस १६० लाई कम्पनीले ब्राजिलयन बजारमा डोमिनारको नामबाट विक्री सुरु गरेको हो । एनएस सिरिजमा डोमिनारमा भएको अप साइड डाउन (यूएसडी) फर्क दिएर प्रिमियम फिनिसिङ दिइएको छ ।

भारतीय र नेपाली बजारमा डोमिनार ४०० र २५० मोडल क्रुजर डिजाइनमा उपलब्ध छन् । बजाजले ब्रजिलमा भने नेकेड स्पोर्टस् मोडलको नाम डोमिनार दिइएको हो ।
एनएसलाई डोमिनार बनाउँदा भएका परिर्वतन
ब्राजिल स्पेक डोमिनर २०० र १६० दुबै मोडलमा यूएडी फर्क दिइएको छ । भारत र नेपालमा विक्री हुने एनएस मोडलमा रेगुलर टेलिस्कोपीक सस्पेन्सन पाउन सकिन्छ । बजाजले डोमिनार १६० मा ३१ एमएमको यूएसडी फर्क र डोमिनार २०० मा ३३ एमएम यूएसडी फर्क दिएको छ ।

भारत र ब्राजिलियन स्पेकमा सबैजसो फिचर समान छ भने, डोमिनार २०० मा ०.१ एनएम टर्क ज्यादा रहेको छ । यसका अलावा डोमिनार २०० र १६० को ग्राफिक्समा सामान्य परिर्वतन गरिएको छ ।
त्यस्तै, फ्यूल ट्याङकमा भएको पल्सरको लोगोलाई डोमिनारको थ्रीडी लोगोले परिर्वतन गरेको छ । डोमिनार ग्रिमिकाको ब्रान्डेड ब्रेक क्यालीपर ब्राजिलीयन डोमिनारमा पाउन सकिन्छ ।


