काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी कियाले गत वर्षको लस एन्जलस अटोमोविलीटी शोमा देखाएको ईभी-९ को कन्सेप्टमा आधारित मोडल भारतमा देखाउने भएको छ । कियाले आगामी जनवरी १३ तारिखदेखि भारतमा हुने अटो एक्स्पो २०२३ मा ईभी-९ को प्रोडक्सन मोडल सार्वजनिक गर्ने भएको हो ।
कन्सेप्ट भर्सनमा देखाइए अनुसार नै प्रोडक्सन मोडल आउन हो भने कियाको ईभी-९ एक थ्रीरो भर्सनको प्रिमियम एसयूभी हो । यो एसयूभी इजीएमपी प्लेटफर्ममा बनेको ईभी हो ।

किया मोटर्सले आफ्नो नयाँ ईभीको टिजर भिडियो सार्वजनिक गरेको छ । यसमा प्यूचरिस्टीक फ्रन्ट फेसिया देखाइएको छ भने रियरको भर्टिकल टेलल्याम्प देख्न सकिन्छ । यसको अगाडि ग्रिल सेक्सनमा फ्लोइङ लीड लाइटीङ देख्न सकिन्छ । कियाका अनुसार ईभी-९ को रेन्ज ४८२ किलोमिटर र नेक्स्ट जेनरेशनको अल्ट्रा फास्ट चार्जरको समेत यसमा सुविधा रहनेछ ।
गत वर्ष लस एन्जलसमा देखाइएको ईभी-९ को लम्बाई ४९३० एमएम, चौडाई २०५५ एमएम, उचाइ १७९० एमएम र ३१०० एमएमको ह्वीलवेस रहने छ ।
मस्कुलर फ्रन्ट तथा रियर ह्वील आर्क, डिजिटल टाइगर फेस फ्रन्ट डिजाइन रहेको छ । यसमा २७ इन्चको विसाल वाइडस्कृन लेआउट, यूनिक स्टेरिङ ह्वीलका साथै सेग्मेन्टमै पहिलो बीचको सिटलाई टेबल बनाएर फस्ट र थर्ड रो सिट एकआपसमा आमने सामने हुने ‘पज मोड’ समेत रहनेछ ।


