चर्चित क्रिकेटरको मर्सिडिज बेन्ज ठोक्किँदा आगो लागेपछि…

काठमाडौं । भारतीय राष्ट्रिय टीमका विकेट किपर ब्याट्म्यान ऋषभ पन्तको कार दुर्घटनामा परेको छ । उनी दिल्लीबाट घर फर्कने क्रममा कार अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको हो ।

उनले चलाएको मर्सिडिज बेन्ज कार दिल्ली–हरिद्धार हाइवेको रेलिङमा ठोक्किएपछि दुर्घटना भएको र त्यसपछि आगलागी भएको थियो । आगालगीबाट उनको कार पूर्ण रुपमा क्षति भएको छ ।

दूर्घटनामा परी घाइते भएका उनलाई दिल्ली रोडस्थित सक्षम अस्पतालमा भर्ना गरिएको छ । अहिले पन्तको अवस्था स्थिर रहेको बताइएको छ ।


Back_to_top