काठमाडौं । फुटबलका महान खेलाडी पेलेको निधन भएको छ । विश्वका सबै मिडियामा उनको मृत्यूको समाचार फैलिरहेको छ । फुटबलमा लगातार दुई पटक ब्राजिललाई विश्वकप दिलाएका महान खेलाडी पेलेसँग १०० मिलियन डलर बराबरको सम्पती रहेको छ ।

पेले गाडीको पनि शौखिन थिए । उनको ग्यारेजमा मासेराती, जीप, मर्सिडिज र फियाट जस्ता ब्राण्डका गाडीहरु रहेका छन् । उनले आफ्नो जीवनमा पुमा, हाम्लोट, फक्सवागेन, सबवे, इमिरेट्स, प्रोटेक्टर एण्ड गेम्बल लगायतका ब्राण्डको एम्बेस्डर रहेर काम गरेका थिए ।
उनले पछिल्ला दिनमा भने फियाटको प्रिमियम ह्याचव्याक ५०० कार प्रयोग गर्दै आएका थिए ।



