निसानले २० नयाँ मोडलका ईभी बजारमा ल्याउने, यस्तो छ योजना

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसान मोटरले आगामी ५ वर्ष भित्र विभिन्न २० नयाँ मोडल ल्याउने भएको छ । त्यसको लागि जापानी निर्माताले चीनको डोङफेङ मोटर ग्रुपसँग सहकार्य गर्न लागेको हो ।

दुई कम्पनीको संयुक्त लगानीमा बनेको कम्पनी ‘डोङफेङ-निसान’ले आगामी ५ वर्ष भित्र तीन ब्राण्डमा २० वटा नयाँ मोडल ल्याउने भएको छ । यो नयाँ भेन्चरले निसान, भेनुसिया र इन्फिनीटी ब्राण्डमा परम्परागत ग्यासोलीन र न्यू इनर्जी भेहिकल गरी २० नयाँ मोडल ल्याउने घोषणा गरेको हो ।

यी दुई मिलेर बनेको भेन्चरले सन् २०२५ को अन्त्यसम्म आफ्नो कुल विक्रीको ४० प्रतिशत ईभी हुने जनाएको छ । कम्पनीले जीरो इमिसन अल इलेक्ट्रीक टेक्नलोजीमा आधारित ९ वटा मोडल बजारमा ल्याउने छ । कम्पनीले ब्याट्री इलेक्ट्रीक र फिउलसेल दुबै प्रविधिलाई प्राथमिकतामा राखेर नयाँ मोडल ल्याउने छ ।

गत शुक्रवारबाट सुरु भएको ‘अटो ग्वान्जाउ २०२२’मा न्यू इनर्जी भेहिकल स्ट्राटीज अन्तर्गत नयाँ ब्राण्ड भेनुसिया समेत लन्च गरेको छ । कम्पनीले सोही अवसरमा अबबाट ग्यासोनीन इन्जिनको आर एण्ड डि पनि बन्द गर्ने घोषणा गरेको थियो ।

कम्पनीले उक्त शोमा भेनुसिया ब्राण्डको भी कन्सेप्ट तथा भी अनलाईन डीडीआई गरी दुई कन्सेप्ट समेत देखाएको छ । यी दुई कन्सेप्टमा भी कन्सेप्ट ब्याट्री इलेक्ट्रीक भेहिकल हो भने भी-अनलाईन सुपर हाइब्रिड टेक्नोलोजी हो ।


Back_to_top