काठमाडौं । भारतमा जारी अटो एक्स्पो २०२३ मा टू–ह्वीलर कम्पनी टीभीएस मोटर्सले आफ्नो बहुप्रतिक्षीत इलेक्ट्रीक स्कुटर आइक्यूबकाे अपडेटेड माेडल प्रदर्शन गरेकाे छ। उक्त एक्स्पोमा कम्पनीले टीभीएस आइक्यूब एसटी माेडल देखाएको हो ।
यस स्कुटरमा ३ किलाेवाटकाे माेटर तथा ४.५६ किलाेवाट आवरकाे ब्याट्री प्याक दिएकाे छ । याे ब्याट्रीलाई स्ट्याण्डर्ड चार्जरले चार्ज गर्दा ४ घण्टा ६ मिनेटमा ८० प्रतिसतसम्म चार्ज गर्न सकिन्छ । टीभीएसका अनुसार याे स्कुटरले एक पटककाे फुलचार्जमा १४५ किलाेमिटरसम्मकाे रेन्ज दिने बताएकाे छ । याे स्कुटरकाे अधिकतम स्पीड ८२ किलाेमिटर सम्मकाे हुनेछ ।

याे माेडलमा टायरप्रेसर माेनिटरीङ सिस्टम, ब्लूतुथ कनेक्टीभीटी, यूएसबी चार्जिङ पाेर्ट, जियाे फेन्सीङ, थेफ्ट अलर्ट, टर्न बाइ टर्न नेभिगेसन, राइडीङ माेड, कल अलर्ट, म्युजीक कन्ट्राेल तथा पार्क असिस्ट जस्ता फिचरहरू रहेका छन् ।
टीभीएस आइक्यूबको डिजाइन निकै आकर्षक देखिन्छ । यसलाई स्टाइलिस लुकमा निर्माण गरिएको छ । युवापुस्तालाई मध्येनजर गर्दै निर्माण गरिएको यो स्कुटरले राम्रो बजार पकड्ने कम्पनीको दाबी छ । यसकाे मूल्य भने सार्वजनिक भएकाे छैन ।









