नाडाले दियो आफ्ना सदस्यलाई कर सम्बन्धी तालिम

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्ना सदस्यहरुलाई ‘इनह्यान्सिङ ट्याक्स स्किल’ विषयमा एकदिने वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । 

हिजो भदौ १५ गते काठमाडौंमा भएको कार्यक्रम नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालको सभापतित्वमा भएको थियो । 

नाडाका अनुसार यस्तो किसिमको तालिक कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे छ । उक्त तालिम कार्यक्रमा नाडाका कूल ८१ सदस्य फर्म÷कम्पनीहरुले आफ्नो सहभागिता जनाएका थिए । कार्यक्रममा आन्तरिक राजश्व विभागका निर्देशक शरद निरौला, भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, तथा सिए तथा कार्यक्रमका प्रशिक्षकद्धय साहिल अग्रवाल तथा निकेत अग्रवालले प्रशिक्षण दिएका थिए । 

नाडाले सरकारी बिज्ञको प्रतिनिधित्वसहित यस किसिमको तालिम कार्यक्रम आयोजना गरेको यो दोश्रो पटक भएको बिज्ञप्तीमा उल्लेख छ । 

खासगरी अटोमोवाइल क्षेत्रका खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टीगतगरी यस किसिमको तालिम कार्यक्रमको आयोजना गरिएको नाडाले जनाएको छ । 

उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका उपाध्यक्ष तथा राजश्व समितिका सभापति प्रकाश कपुरीले गरेका थिए । 


Back_to_top