नेपाल आउँदै इलेक्ट्रीक कार टिगोर, अटो शोमा शोकेस हुने, मूल्य कति ?

काठमाडौं । टाटा मोटर्सको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टिगोर इभीलाई नाडा अटो शोमा शोकेस गर्ने भएको छ । अटो शो यही भदौ २६ गतेबाट काठमाडौंको भृकुटी मन्डपमा आयोजना हुने छ ।

पछिल्लो समय इलेक्ट्रीक कारहरु आउनेक्रम निकै बढी रहेको समयमा कम्पनीले टिगोर इभीलाई शोकेस गर्न लागेको हो । 

‘नाडा अटो शोमा ग्राहकको प्रतिक्रिया जान्न र नयाँ प्रडक्टको बिषयमा प्रतिक्रिया लिन सजिलो हुने भएकाले हामीले टिगोर इलेक्ट्रीक कार ल्याउन लागेका हौँ’ सिप्रदी ट्रेडिङका प्यासेन्जर यूनिटका जनरल म्यानेजर प्रबिन खतिवडाले मेरोअटोसँग भने । 

टाटा मोटर्सले भारतको आन्ध्र प्रदेशमा इलेक्ट्रीक भेइकल उत्पादन केन्द्र निर्माण गरेर कार उत्पादन गर्दै आइरहेको छ । 

यस कारमा ३० किलावाटको इलेक्ट्रीक मोटर लगाइएको छ भने, सिंगल स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ । यो कार ७२ भोल्टको ब्याट्रीद्धारा संचालित हुनेछ । फास्ट चार्जरमार्फत डेढ घन्टामा ८० प्रतिशत चार्ज हुने यसको ब्याट्री नर्मल चार्जरबाट चार्जगर्दा ६ देखि ८ घन्टामा फुल चार्ज हुने छ । कारको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ । 

यो पनि पढ्नुस्: नेपाली बजारमा पाईने ३ नयाँ प्रविधिका बाइक, कुनको मूल्य कति ?

टाटा टिगोरको लम्बाई ३,९९२ एमएम रहेको छ भने १,६७७ एमएम फराकिलो र १,५३७ एमएम अग्लो रहेको छ । ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको यो कारको ह्वीलवेस २ हजार ४५० एमएम रहेको छ । 

यसको रुफमा कालो कलर लगाइएको छ भने ब्लु कलरको हाइलाइट गरिएको छ । कम्पनीका अनुसार टिगोरको एक्सटेरियर तथा इन्टेरियर अत्यन्त आर्कषक रहेको कम्पनीले जनाएको छ ।

भारतीय बजारमा ११ लाख भारतीय रुपैयाँ मूल्य रहेको यो कार नेपाली बजारमा २५ लाखभन्दा कम मूल्यमा खरिद गर्न सकिने अनुमन गरिएको छ ।


Back_to_top