काठमाडौं । रोयल इन्फिल्डले सुपर मेटीअर ६५० आज भारतमा सार्वजनिक गर्दैछ । कम्पनीले अक्टोबर २०२२ को ‘राइडर मेनीया’मा सार्वजनिक गरेकोे मेटीअर ६५० आज सोमबारबाट भारतीय बजारमा आउने भएको हो ।
सुपर मेटीअर ६५० मा ट्वीन सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा ४७ पीएस पावर र ५६५० आरपीएममा ५२.३ एनएम टर्क प्रदान गर्छ । मोटरसाइकलमा ६ स्पीड कन्स्टेन्ट मेस गियरबक्स दिइएको छ ।
मेटीअर ६५० को मुख्य बिशेषता भनेको एलइडी हेडल्याम्प, स्टील ट्युब्युलर स्पाइन फ्रेम, अगाडि ४३ एमएम शोवा यूएसडी फोर्क र पछाडि प्रिलोड एड्जस्टेवल ट्वीन सक दिइएको छ । रोयल इन्फिल्डले यसको अगाडि १९ इन्च र पछाडि १६ इन्चको ह्वील दिएको छ ।
क्रुजर डिजाइनमा तयार भएको मेटीअर ६५० मा अगाडि ह्वीलमा ३२० एमएम र पछाडि ३०० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । ड्यूल च्यानल एबीएस उपलब्ध रहने मेटीअर ६५० सुरक्षाको हिसावले पनि उत्कृष्ट रहने छ ।
यो मोटरसाइकलको लम्बाई २२६० एमएम, चौडाई ८९० एमएम र १५०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसमा १३५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
प्रिमियम क्रुजर मोटरसाइकलको माग बढेको खण्डमा नेपाली बजारमा पनि यो मोटरसाइकल आउन सक्ने छ । तर, तत्काल भने यो मोटरसाइकल आउने कुरामा शंका गर्ने प्रयाप्त ठाँउ छन् ।


