टोयोटा र्‍याभफोर बन्यो सबैभन्दा धेरै बिक्ने एसयूभी

काठमाडौं । टाेयाेटा र्‍याभफोर सन् २०२२ मा विश्वको सबैभन्दा बढी बिक्ने स्पोर्टस युटिलिटी भेहिकल (एसयूभी) बनेको छ । टोयोटाको र्‍याभ फोरको बिक्रीमा १३.७ प्रतिशतले गिरावट आए पनि अघिल्लो वर्षको जस्तै पहिलो धेरै बिक्ने एसयूभी बन्न सफल रहेको हो ।

सन् २०२२ मा विश्वभर ८ लाख ७१ हजार ५१३ वटा र्‍याभफोरको बिक्री भएको हो । सन् १९९४ मा पहिलो पटक बिक्री सुरू भएको र्‍याभफोरको हाल पाँचौं जेनेरेशन मोडल बिक्री भइरहेको छ ।

र्‍याभफोर पछि धेरै संख्यामा बिक्री हुने मोडलमा अमेरिकी ईभी कम्पनी टेस्लाको मोडल वाई रहेको छ । गत वर्ष विश्व भरमा ७ लाख ५८ हजार ५९९ वटा टेस्ला मोडल वाईको बिक्री भएको हो । टेस्लाको मोडल वाईको बिक्री अघिल्लो वर्षको तुलनामा ८८.३ प्रतिशतले बढेको हो ।

तेस्रो धेरै संख्या बिक्री हुने एसयूभी ब्राण्डमा जापनिज कम्पनी होण्डाको सीआरभी भएको छ । होण्डा सीआरभी गत वर्ष ६ लाख १ हजार ८६० वटा बिक्री भएको हो । होण्डा सीआरभीको बिक्री पनि अघिल्लो वर्षको तुलनामा १७.८ प्रतिसतले घटेको हो ।

चौथो र पाँचौं धेरै बिक्री हुने एसयूभीमा कोरियन ब्राण्ड हुन्डाइ र किया भएको छ । सन् २०२२ मा हुन्डाईको टुसान ५ लाख ५६ हजार १९७ तथा किया स्पोर्टेज ४ लाख ६२ हजार ५१८ वटा बिक्री भएको हो ।

छैटौं स्थानमा धेरै बिक्री हुने एसयूभीमा फक्सवागेन टिगुवान ४ लाख ३८ हजार १२३ यूनीट, सातौंमा माज्दा सीएक्सफाइभ ३ लाख ६८ हजार ४२१ यूनीट, आठौंमा टोयोटा हाइल्याण्डर ३ लाख ३९ हजार ६१९ यूनीट बिक्री भएको छ ।

त्यस्तै, नवौं धेरै संख्यामा बिक्री हुने एसयूभीमा मर्सडिजको जीएलएस मोडल ३ लाख २१ हजार ३९८ वटा तथा दशाैंमा निसान कश्काईको बिक्री २ लाख ९९ हजार २९९ वटा भएको हो ।


Back_to_top