हिरोले ल्यायो होण्डा डिओसँग प्रतिस्पर्धा गर्ने स्पोर्टी स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । हिरो जुम ११० स्पोर्टी स्कुटर भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले स्पोर्टी डिजाइनमा हाइटेक स्कुटर जुम ११० सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको हिरो जुम ११० झट्ट हेर्दा इलेक्ट्रीक स्कुटर भिडा जस्तै देखिने डिजाइनमा रहेको छ ।

हिरो मोटोकर्पले ल्याएको स्कुटर जुम ११० को फ्रन्ट एप्रोनमा एक्स-सेप एलइडी हेडल्याम्प दिइएको छ । यसको ह्याण्डलबार कौलमा नै सानो विण्ड स्क्रीन दिइएको छ । यसको ह्याण्डलबारमा नै माउन्ट गरिएको हलोजिन एलईडी बल्ब उपलब्ध छ ।

त्यस्तै, जुम ११० को रियरमा पनि एक्स–सेप एलइडी टेल लाइट रहेको छ । यसको टेलल्याम्प डिजाइन र हेडल्याम्पको डिजाइन भने फरक देखिएको छ । यसको हेडल्याम्पमा भने कारमा हुने कर्नरिङ लाइट फिचरसमेत दिइएको छ ।

हिरो जुममा कम्नपीले स्मार्ट कनेक्ट फिचर दिएको छ जसमा लाइभ ट्रयाकिङ, स्पीड अर्लट, जिओफेस अलर्ट, टोपल अर्लट, ट्रीप एनालाईसेस जस्ता धेरै फिचर प्रयोग गर्न सकिन्छ ।

यो स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ८ बीएच पावर तथा ५५०० आरपीएमा ८.७५ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले तीन भेरियन्टमा सार्वजनिक गरको हिरो जुम ११० स्कुटर ५ कलर अप्सनमा उपलब्ध रहेको छ । हिरो जुम एलएक्स, भीएक्स र जेडएक्स गरी तीन भेरियन्टमा सार्वजनिक यो स्कुटरको मूल्य क्रमशः ६८ हजार ५९९, ७१ हजार ७९९ र ७६ हजार ६९९ भारतीय रुपैयाँ एक्स शोरुम मूल्य रहेको छ ।

यो स्कुटरले होण्डा डिओसँग सीधा प्रतिस्पर्धा गर्नेछ । इन्ट्री लेबल मोटरसाइकल मार्केटमा होन्डा स्प्लेन्डर तथा एचएफ डिलक्सले डोमिनेन्ट गर्दै आएको हिरोले जुम सार्वजनिक गरेसँगै स्कुटर सेग्मेन्टमा पनि होण्डालाई कडा टक्कर दिने देखिएको छ ।


Back_to_top