काठमाडौं । महिन्द्राको लागि नेपालको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ७०० एसयूभीको विक्री सुरु गरेको छ । कम्पनीले हिजो सोमबार साँझ एक कार्यक्रम गरी एक्सयूभी ७०० को विक्री सुरु गरेको हो ।
पछिल्लो दिनमा एकपछि अर्को नयाँ एसयूभी बजारमा ल्याइरहेको महिन्द्राले भारतमा एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभीको बुकिङ खुल्ला गरेको थियो । नोभेम्बरमा पहिलो पटक देखाएको एक्सयूभी ४०० इलेक्ट्रीक जनवरी २६ तारिखको दिन भारतमा बुकिङ खुल्ला गरिएको थियो ।
एक्सयूभी ४०० ले विगतमा स्कर्पियो एन र एक्सयूभी ७०० ले पाएको जस्तै बम्पर बुकिङ पाएको महिन्द्रा एण्ड महिन्द्राले जनाएको छ । कम्पनीका अनुसार पहिलो दिन नै १० हजार यूनिट बुकिङ भएको थियो । विगत ५ दिनमा कम्पनीको बुकिङ बढ्दो क्रममा रहेको छ ।
महिन्द्राले वार्षिक २० हजार यूनिट एक्सयूभी ७०० उत्पादन गर्ने लक्ष्य बनाएको छ । कम्पनीको लक्ष्य अनुसार अहिलेसम्मको बुकिङ अनुसार ७ महिनाको उत्पादन बुक भइसकेको हो ।

नेपालमा एक्सयूभी ७००
लामो आयात प्रतिबन्धको कारण नेपाल आउन नपाएको एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख रुपैयाँ कायम गरेर विक्री सुरु भएको हो । ५ र ७ सिटर अप्सन सहित ६ भेरियन्टमा नेपाल आएको एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।
एक्सयूभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स५ को ८१ लाख र अर्काे एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटीक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको हो ।

कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ ।
सुरक्षाको हिसावले पनि एक्सयूभी ७०० उत्कृष्ट रहेको छ । क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ । ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो ।

एक्सयूभी ७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ ।
कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ ।
एक्सयूभी ४०० इलेक्ट्रीक
महिन्द्राले एक्सयूभी ४०० को सुरुवाति मूल्य १५ लाख ९९ हजार भारतीय रुपैयाँ तोकेर बुकिङ लिएको यो इलेक्ट्रीक एसयूभी आगामी मार्चबाट ग्राहकलाई हस्तान्त्रण गर्ने जनाएको छ । भारतमा विक्री सुरु भएसँगै एक्सयूभी ४०० पनि नेपाल आउने छ ।
महिन्द्राको सब फोर मिटर एक्सयूभी ३०० बाट प्रेरित यो इलेक्ट्रीक एसयूभी साइजमा भने ठूलो छ । एक्सयूभी ४०० को लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
महिन्द्राले एक्सयूभी ४०० मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्न सक्ने छन् । यसमा ११० किलोवाट क्षमताको मोटर रहेको छ ।

एक्सयूभी ४०० लाई ५० किलोवाटको चार्जरले चार्ज गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्ने कम्पनीको भनाई छ । यसलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
सेफ्टी फिचरको मामलामा पनि महिन्द्रा एक्सयूभी ४०० उत्कृष्ट रहेको छ । यसमा हाइस्ट्रेन्थको स्टीलका थुप्रै सेफ्टी फिचर स्ट्याडर्ड फिचरको रुपमा पाउन सकिन्छ । यो एसयूभीले ५ स्टार रेटिङने पाउनेमा कम्पनी विश्वस्थ रहेको छ ।


