निकै चर्चामा रहेको महिन्द्राको नयाँ एमपीभीको मराजो भारतीय बजारमा सार्वजनिक भएको छ ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ ।
मराजोका सबै भेरिएन्टमा एबीएस र इबीडी तथा ब्रेक असिष्ट, दुई एयरब्याग तथा चाइल्ड सिट लगायतका सुरक्षा फिचरहरु दिइएको छ ।
मराजोको डिजाइन शार्क माछाबाट प्रेरित भएको र कारको केही भागहरु शिकारी माछाको रुपमा डिजाइन गरिएको कम्पनीको दाबी छ ।
मराजो कारको क्याविनको छतमा एयर कण्डिसनिङ भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा तीन स्पोक स्टेयरिङ ह्विल पनि जडान गरिएको छ, जुन अडियो, ब्लुटुथ टेलेफोर्निक र क्रुज कन्ट्रोलको साथमा आउनेछ ।
महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्छ । इन्जिन म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध छ ।
यसको मूल्य ९ लाख ९९ हजार देखि १३ लाख ९० हजार भारुसम्म तोकिएको छ ।

