टीभीएसको नयाँ नेकेड मोटरसाइकल आउने

काठमाडौं । टीभीएस र बीएमडब्लूको सहकार्यमा निर्माण भएको ३०० सीसी प्लेटफर्मममा टीभीएसले नयाँ मोटरसाइकल ल्याउने भएको छ । टीभीएस मोटर्सले आरआर ३१० को नेकेड भर्सन ल्याउन लागेको हो ।

एमएमआरटी (मद्रास इन्टरनेशनल सर्किट) स्रोतका अनुसार टीभीएस अपाचे आरआर ३१० को नेकेड भर्सन तयार भइसकेको र एमएमआरमा यसको टीभीसी (टेलिभिजन कमर्सियल) सुटिङ भइरहेको छ ।

टीभीएसले बीएमडब्लू जी ३१० आर जस्तै नेकेड डिजाइनमा आरआर ३१० ल्याउने भएको हो । यसमा कम्पनीले धेरैजसो फिचर तथा कम्पोनेन्टहरु जी ३१० आरबाट नै लिएको छ । यसको लुक्स पनि जी ३१० आरको जस्तै हुने अनुमान गर्न सकिन्छ ।

अपाचे आरआर ३१० नेकेडको मूल्य आरआर ३१० को भन्दा केही कम हुने अपेक्षा गरिएको छ ।

कम्पनीले यसमा थप फिचरको रुपमा स्मार्ट कनेक्ट फिचर दिनेछ भने यसको च्याचिस, इन्जिन, टायरजस्ता अन्य धेरै कम्पोनेन्ट जी ३१० आरबाट लिनेछ ।

यसमा पुरानै ३१२ सीसी सिंगल सिलिन्डर ४ भल्भ इन्जिन रहेने छ भने, यो इन्जिनले ३३.५ बीएस पावर तथा २७.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सलाई निरन्तरता दिइनेछ ।

टीभीएस आपचे आरआर ३१० को नेकेड भर्सन मोटरसाइकल मार्चमा हुन लागेको मोटो शोल २०२३ मा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । यो मोटरसाइकलले ड्यूक ३९० सँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top