बाहिरी चक्रपथ निर्माणमा २४ चिनियाँ कम्पनीको चासो

काठमाडौं । बाहिरी चक्रपथ निर्माण गर्न इच्छा देखाएर आसयपत्र बुझाउने चिनियाँ कम्पनीको संख्या २४ पुगेको छ । बहिरी चक्रपथ आयोजनाका अनुसार सडक बनाउन इच्छा देखाएर निवेदन हाल्ने सरकारी कम्पनीहरु मात्रै २४ वटा रहेको जनाएको छ । 

चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत इच्छुक सरकारी कम्पनीको सूची बुझाएको छ । नेपालको बाहिरी चक्रपथ निर्माणमा चिनियाँ सरकारी कम्पनीसँग सहकार्य गर्न आग्रह गर्दै ती कम्पनीको सूची मन्त्रालय मार्फत पठाएको हो । 

७२ किलोमिटरको बाहिरी चक्रपथ निर्माणको फाइल अहिले सहरी विकास मन्त्रालयमा छ । आयोजना अगाडि बढाउन १४ वर्ष अगाडि नै घोषणा गरेको भए पनि अहिलेसम्म आवश्यक प्रक्रिया नै पूरा भएको छैन ।

यस अघि चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा औपचारिक रूपमै देखाएको थियो ।

बाहिरी चक्रपथ निर्माणमा इच्छा देखाउने सरकारी कम्पनीहरु निम्न रहेका छन् । 

छोङ्दीङ इन्टरनेसनल इन्जिनियरिङ, सिनो हाइड्रो कर्पोरेसनसहितको हाइड्रो चाइना कर्पोरेसन, चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, पावर चाइना इन्टरनेसनल, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, जेटटीई कर्पोरेसन, तिब्बतियन इलेक्ट्रिक अपार्तुस कम्पनी, सांघाई कन्स्ट्रक्सन ग्रुप, चाइना रेल्वे इन्टरनेसनल, चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी, चाइना इन्टरनेसनल वाटर इलेक्ट्रिक कर्प, चाइना तिसीजु सिभिल इन्जिनियरिङ, हुवावे टेक्नोलोजी रहेका छन् ।

त्यसैगरी दोङफङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्प, चाइना रेल्वे नं २ इन्जिनियरिङ कम्पनी, चाइना नेसनल ओभर्सिज इन्जिनियरिङ कर्पोरेसन, चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी, चाइना रेल्वाट सीसीजु ग्रुप कर्पोरेसन, आइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी तथा नाइन्थ चाइना फस्र्ट हाइवे इन्जिनियरिङ, चाइना हुसी इन्टरप्राइजेजले चासाे देखाएका छन् । 

साथै, चाइना रेल्वे कन्ट्रक्नस कर्पोरेसन, सान्दोङ तइकाई पावर इन्जिनियरिङ, चाइना साङदोङ फरेन इकोनोमिक एन्ड टेक्निकल कर्पोरेसन, चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्प, चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी, चाइना रेल्वे नं २ इन्जिनियरिङ कम्पनी, चाइना नेसनल ओभर्सिज इन्जिनियरिङ कर्पोरेसन र चाइना नेसनल हेभी मेसिनरी कर्प रहेका छन् ।


Back_to_top