काठमाडौं । टीभीएसले भ्यालेन्टाइन सप्ताहको समय पारेर ल्याएको ‘लभ एक्सप्रेस’ स्कीममा ग्राहकले कम डाउन पेमेन्ट र सजिलो मासिक किस्ताको सुविधा पाएका छन् । उक्त स्कीम अन्तर्गत ग्राहकले २५ प्रतिशत डाउन पमेन्ट तथा दैनिक १३३ रुपैयाँदेखिसम्ममा टीभीएसका मोटरसाइकल तथा स्कुटर किन्न पाएका हुन् ।
कम्पनीले ल्याएको यो स्कीममा लो डाउन पेमेन्ट, नगद छुट, कम ब्याजदर तथा दैनिक ईएमआई जस्ता योजना रहेको छ ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी जगदम्वा मोटर्स यो स्कीममा टीभीएस रेडर मोटरसाइकल दैनिक २ सय ६५ रुपैयाँमा किन्न सकिने भएको छ ।
कम्पनीको यो स्कीम अन्तर्गत रेडर मोटरसाइकल खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । डाउन पेमेन्ट बाहेकको रकम १८ महिना वा २४ महिनाको मासिक किस्ता छनोट गर्न सक्छन । २४ महिनाको अवधिमा ग्राहकले दैनिक २६५ रुपैयाँका दरले मासिक ६ हजार ३६३ रुपैयाँ बुझाउनु पर्छ ।
त्यस्तै यसै स्कीम अन्तर्गत लो डाउनपेमन्टमा २५ प्रतिशत रकम बुझाएर पनि रेडर खरिद गर्न सकिन्छ । टीभीएसको अन्य स्कीमको बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।
यस्तो छ टीभीएस रेडर १२५
निकै स्टाइलिस डिजाइन र मस्कुलर फ्यूल ट्याङ्क, स्लीक वेली प्यान र स्प्लीट सिट रेडर १२५ को मुख्य आकर्षण हो ।
राइडर १२५ अर्को मुख्य आकर्षण यसको पावर हो । यसमा रहेको १२५ सीसी क्षमताको इन्जिन निकै पावर फुल रहेको छ । यसमा रहेको १२४.८ सीसी क्षमताको थ्रि भल्भ, आयल कुल्ड, एफआई इन्जिनले ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

टीभीएसले राइडरमा अगाडि टेलिस्कोपीक फर्क र पछाडि ग्यास चार्ज्ड मोनोशक सस्पेन्स दिइएको छ । यसमा रहेको २४० एमएमको फ्रन्ट डिस्क र १३० एमएमको रियर ड्रम ब्रेक उत्कृष्ट रहेको छ ।
१२५ सीसीको मोटरसाइकलमा पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा गियर सिफ्ट इन्डिकेटर, डिस्ट्यान्स टु इम्पीटी जस्ता फिचर उपलब्ध रहेका छन् । साथै, मोटरसाइकलमा यूएसबी चार्जर, टीभीएस स्मार्ट कनेक्ट, एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट जस्ता उत्कृष्ट फिचर उपलब्ध रहेका छन् ।

जगदम्वा मोटर्सले २ लाख ५९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर रेडर विक्री गर्दै आएको छ ।

