तयार हुँदै चौथो जेनेरेशन स्वीफ्ट, फिचर लोडेड हुने

काठमाडौं । मारुती सुजुकीले स्वीफ्टको चौथो जेनेरेशन मोडल ल्याउने भएको छ । सन् २००५ मा पहिलो पटक आएको स्वीफ्ट, २०१२ र २०१८ मा नयाँ जेनेरेशनमा आएको थियो ।

अब कम्पनीले भारतीय बजारमा सन् २०२३ को अन्तिमसम्ममा स्वीफ्टको चौथो जेनेरेशन मोडल ल्याउने भएको हो । नयाँ स्विफ्ट अहिले विक्री हुँदै आएको मोडलको तुलनामा केही ठूलो हुनेछ । यसको ह्वीलबेस र ट्रयाक पनि केही फराकिलो हुने बताइएको छ ।

यो ह्याचब्याकमा स्पोर्टी फ्रन्ट फेसिया, स्पोर्टी रियर बम्पर, एलइडी टेल लाइट समावेश गरिएको हुनेछ । यसमा मल्टि स्पोक डुअल टोन अलोय ह्वील रहने छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक रहने अनुमान गरिएको छ । कम्पनीले यसको ड्यासबोर्ड लेआउट पनि परिमार्जन गर्ने छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल सहितको ठूलो इन्फोटेन्मेन्ट सिस्टम समावेश हुनेछ ।

नयाँ ह्याचब्याकमा न्यू इन्स्ट्रुमेन्ट कन्सोल, नयाँ सिटहरु पाउन सकिन्छ । यसको सिट निकै फराकिलो र आरामदायी भएकाले यसमा लामो दुरीको यात्रा गर्न पनि सहज हुने अनुमान गर्न सकिन्छ ।

यसमा पुस बटन स्टार्ट, अटो डिमीङ आइआरभीएम, इलेक्ट्रीकल्ली अपरेटेड ओआरभीएम, स्टेरिङ माउन्टेड कन्ट्रोल, कनेक्टेड टेक लगायतका फिचर्स दिइएको छ ।

चौथो जेनेरेशनको स्वीफ्टमा १.२ लिटर थ्री सिलिन्डर टर्बो पेट्रोल इन्जिन र १.२ लिटर ड्यूल जेट पेट्रोल इन्जिन अप्सनमा आउने अनुमान गरिएको छ । यो म्यानुअल र अटोमेटिक गियरबक्समा अप्सनमा आउनेछ ।


Back_to_top