काठमाडौं । पाँच दशकदेखि अटोमोवाइल पारखीहरु बीच चर्चित सुजुकी जिम्नीको हेरिटेज एडिसन अष्ट्रेलियामा सार्वजनिक भएको छ । जिम्नीको यो स्पेशल हेरिटेज एडिसन जम्मा ३ सयवटा मात्रै उत्पादन हुनेछ ।
जिम्नीको जीएलएक्स भेरियन्टमा आधारित हेरिटेज एडिसनमा प्रसस्त कस्मेटिक परिवर्तन गरिएको छ । सानो साइजको छरितो आफरोड एसयूभीको उपमा पाएको जिम्नी नेपालमा समेत मनपराइएको मोडल हो ।
सुजुकी जिम्नीको हेरिटेज एडिसनको बडीमा नयाँ स्टाइलको स्टीकर दिएको छ साथै, फ्रन्ट र रियर मडफ्ल्यापहरु आकर्षक रातो रंगले सजाइएको छ । यसमा १५ इन्च साइजको अलोय ह्वील रहेको छ ।
हेरिटेज मोडलमा पाँच स्पीडको म्यानुअल ट्रास्मीसन तथा फोर ह्वील ड्राइभ स्टयाण्डर्ड रुपमा रहेको छ । जिम्नीको हेरिटेज एडिसन ब्ल्याक पर्ल, जङगल ग्रिन, ह्वाइट तथा मिडियम ग्रे गरी चार फरक रङ्गमा उपलब्ध हुनेछ ।

