काठमाडौं । जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले दुइपाङ्ग्रे साधनलाई उपयुक्त हुने एयरब्याग उत्पादन गर्ने भएको छ । कम्पनीले करिब एक दशक पहिले नै उत्पादन गरेको मोटरसाइकलमा प्रयोग हुने एयरब्याग अब मास प्रोडक्सन गर्न लागेको हो ।
होन्डाले १० वर्षअघि गोल्ड विङ मोडलमा एयरब्याग दिएको थियो । त्यसपछि कुनै उत्पादनमा एयरव्याग दिएको थिएन । होन्डाले भारतमा एयरब्यागको डिजाइन पेटेन्ट दर्ता गरेसँगै यसको चर्चा सुरु भएको हो । उक्त पेटेन्ट दर्ता भएको एयव्याग मोटरसाइकल र स्कुटरको अगाडि तथा पछाडि राख्न मिल्ने किसिमको छ ।
पेटेन्ट फाइलमा ग्राउन ब्रेकिङ डिट्याच गर्न मिल्ने एयरब्यागको उत्पादन गर्न सकिने डिजाइन देखाइएको छ । कारमा रहने एयरब्याग प्रणाली जस्तै यसले पनि दुर्घटनाबाट यात्रुलाई बचाउन सक्ने छ ।
मोटरसाइकल तथा स्कुटर दुर्घटना भइहाल्यो भने एयरब्याग फुल्ने र राइडरको सरिरको अगाडि र पछाडि पुरै कभरगरी चोटपटक लाग्नबाट बचाउने छ ।
होन्डाले फरक आकार र साइज अनुसारको एयरब्याग सिटको अगाडि र पछाडि राख्न मिल्ने गरी दुई डिजाइन तयार पारेको छ । जुन एयरब्याग फुलेर शरिरको वरिपरी बेरिन सहज हुन्छ ।
यो प्रविधि निर्माणको प्रारम्भिक चरणमा रहेको छ । यसको अन्य थप जानकारीको लागि भने अझै केही वर्ष कुर्नु पर्ने हुन्छ ।


