काठमाडौं । चिनियाँ सरकारी कम्पनी एसएआइसी ग्रुपको स्वामित्वमा रहेको एमजी (मोरिस ग्यारेज) ले भारतमा वार्षिक ८० हजार यूनिट कार विक्री वितरण गर्ने लक्ष्य लिएको छ । कम्पनीले आगामी साता भारतमा उत्पादन भएको पहिलो ईभी सार्वजनिक गर्दै उक्त लक्ष्य निर्धारण गरेको हो ।

नयाँ कोमेट ईभी सार्वजनिकपछि तत्काल भारतमा आफ्नो ईभी बजार दोब्बर हुने एमजीले प्रक्षेपण गरेको छ । एमजी मोटर इन्डियाका अध्यक्ष राजिव चड्डा अनुसार कम्पनीले यो वर्ष भित्र भारतमा ईभीको बिक्री हिस्सा २० देखि २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको जानकारी दिएका छन् ।
गत वर्ष भारतमा आपूर्तिमा सिमितता भएका कारण कम्पनीले जेडएस ईभीको उत्पादनमा असर पुगेको थियो । यो वर्ष एमजीले जेडएस ईभी मात्रै १० हजार युनिट बिक्री गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले जेडएस ईभी र चाँडै लन्च हुने भनिएको कोमेट ईभीले सन् २०२३मा भारतमा कुल ८० हजार युनिट सवारीसाधन बिक्री गर्ने लक्ष्य निर्धारण गरेको हो । यो सङ्ख्यामा विद्युतीय सवारीसाधनको बिक्री एक चौथाईसम्म सामवेश हुने अपेक्षा गरेको छ । त्यसको मतलव २० हजार ईभी विक्री गर्नेछ ।


