टेस्ला ‘साइबर ट्रक’को साइज बाहिरियो, प्रोटोटाइपभन्दा सानो हुने

काठमाडौं । टेस्लाको बहुप्रतिक्षीत पिकअप ट्रक मोडल साइबर ट्रकको डायमेन्सन बाहिरिएको छ । मार्चको सुरूमा टेस्लाले आयोजना गरेको ‘इन्भेष्टर समिट’पछि साइबर ट्रकको साइज बाहिर आएको हो ।

उक्त समिटमा ५० जना साना लगानीकर्तालाई बोलाइएको थियो । ट्रकको वास्तविक साइज सन् २०१९ मा देखाइएको ओरजिनल प्रोटोटाइपभन्दा केही सानो छ।

टेस्ला लगानीकर्ता म्याथ्यू डोनेगन–रायनले यस महिनाको सुरुमा टेस्लाको लगानीकर्ता दिवसमा उपस्थित थिए। उक्त कार्यक्रममा टेस्लाका कार्यकारीहरूसँग कुरा गरेको दाबी गरेका उनले साइबरट्रकको बारेमा धेरै नयाँ विवरणहरू सार्वजनिक गरेका छन् ।

उनको दाबी अनुसार टेस्ला साइबरट्रकको डाइमेन्स ओरजिनल प्रोटोटाइपभन्दा करिब ५ प्रतिशत सानो छ। यसको लम्बाइ ५८६८ एमएम, २१३४ एमएम चौडाइ, उचाइ १९०५ एमएम छ । ३६८३ एमएमको ह्वीलबेस रहेको यस ट्रकमा ३५ इन्चको विशाल ह्वील रहनेछ ।

सन् २०१९ मा साइबरट्रक प्रोटोटाइप सार्वजनिक गरेको लामो समयपछि सीईओ इलन मस्कले नियमित ग्यारेज भित्र फिट गर्नको लागि इलेक्ट्रिक पिकअपलाई सानो बनाएको संकेत गरेका थिए। सन् २०२० मा सीईओलाई प्रोटोटाइपबाट साइबरट्रकमा सबैभन्दा ठूलो परिवर्तन के हो भनेर सोधिएको एक प्रश्नमा उनले टेस्लाले ‘साइज ३ प्रतिशतले घटाइएको र विन्डो सिलको उचाइ कम गरिएको’ भनेर जवाफ दिए।’

अब, साइबरट्रक ‘पूर्व उत्पादन बिटा चरण’ मा छ। उत्पादन सुरु हुन केही महिना मात्र बाँकी रहँदा अझै पनि टेस्लाले आफ्नो पहिलो इलेक्ट्रीक पिकअप ट्रकको वास्तविक आकारसहित परिवर्तनहरू पुष्टि गर्न खोजेको देखिँदैन।


Back_to_top