काठमाडौं । होन्डा इन्डियाले १०० सीसी क्षमताको साइन मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले इन्ट्रीलेभल सेग्मेन्टमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न होन्डा साइन १०० सार्वजनिक गरेको हो ।
होन्डाले साइन १०० को मूल्य ६४ हजार ९०० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेर सार्वजनिक गरेको हो ।
होन्डा साइन १०० को भारतीय बजारमा आजदेखि बुकिङ खुला गरेको कम्पनीले जनाएको छ । मे २०२३ देखि साइन १०० को डेलिभरी सुरू हुने कम्पनीले जनाएको छ ।
साइन १०० मा रहेको १०० सीसी इन्जिनले ८ हर्सपावर तथा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा अलोय ह्वील, डीआरएल, टेलिस्कोपिक सस्पेन्सन, कम्बाइन ब्रेकिङ सिस्टम, सेमि डिजिटल कन्सोल जस्ता फिचर हुने अनुमान गरिएको छ ।
होण्डा इन्डिया स्कुटर सेग्मेन्ट सधैं पहिलो नम्बरमा रहँदै आएको छ । तर, इन्ट्रीलेभल मोटरसाइकल सेग्मेन्टमा भने हिरोको एकाधिकार रहेको छ ।
भारतीय मोटरसाइकलको बजारमा साइजमा १०० सीसी सेग्मेन्ट ३३ प्रतिशत विक्री भइरहेको छ । जसमा हिरो स्प्लेन्डरले सबैजसो बजार ओगटेको छ ।
हिरो स्प्लेन्डरको सुरुआती मूल्य ७२ हजार (एक्स शोरुम) रहेको छ । होन्डा साइन १०० स्प्लेन्डरको तुलनामा ७ हजार रुपैयाँले सस्तो रहेको छ ।

