काठमाडौं । स्कोडा एमएडब्लुले यस वर्षको नाडा अटो सोमा स्कोडाको पहिलो फुल साइज एसयूभी कोडियाक शोकेस गर्ने भएको छ । २.० लिटर फोर सिलिन्डर इन्जिन भएको यो सेभेन सिटरमा सेभेन स्पीड डिएसजी अटोमेटिक गियर बक्स रहेको छ । कोडियाको डिजेल इन्जिनले अधिकतम १४८ बीएचपी शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्छ ।
स्कोडा कोडियाकमा अलह्वील ड्राइभ र बर्ग वार्नर अनडिमान्ड ४बाई४ सिस्टम रहेको छ । यो एसयुभी ४,६९७ एमए लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो छ भने यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।
कोडियाकको बुटस्पेस २७० लिटर छ, जसलाई दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर २००५ लिटरसम्म पुर्याउन सकिन्छ । नेपाली बजारमा यसको मूल्य एक करोड ४९ लाख रुपैयाँ रहेको छ ।
आधुनिक युरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई ग्रिल रहेको छ । यसमा फुल लिड हेडलाइट र कर्नरिंग लाइट समेत रहेको छ । १८ इन्चको एलोइ ह्विल रहेको कोडियाकमा थ्रि डि लुक दिने टेलल्याम्प रहेको छ । यसमा ८ इच्नको टकस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ वटा स्पिकर भएको ७५०डब्लु क्यान्टन अडियो सिस्टम छ ।
अन्य सुविधाहरुमा पानोरामिक सनरुफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला, डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च आदि हुन् । भर्चुअल पेडल यसको अर्को विशेषता हो जसको सहयोगमा हातको सहयोगविनै खुटा उठाएर बुट खोल्न सकिनेछ ।
सुरक्षाका लागि यसमा ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेकजस्ता फिचर रहेका छन् ।


