यसरी सार्वजनिक भयो, टीभीएसको एनटर्क स्कुटर

काठमाडौं । नाडा अटो शोको दोस्रो दिन टीभीएसले आफ्नो निकै चर्चित मोडलको स्कुटर एनटर्क सार्वजनिक गरेकने छ । टीभीएसको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले उक्त स्कुटर नाडा अटो शोमा सार्वजनिक गरेको हो । 

यस स्कूटरमा मोबाइल कनेक्ट गर्ने अप्शन दिइएको छ । आफ्नो मोबाइलमा एक एप डाउनलोड गरेर ब्लूटूथबाट स्कूटरमा मोवाइललाई कनेक्ट गर्न सकिन्छ । त्यसपछि तपाईंलाई कसले कल वा मेसेज गरेको छ भन्ने कुरा स्कूटरको डिजिटल कन्सोलमा देख्न सक्नु हुनेछ, साथै जिपिएस सेवा समेत उपलब्ध रहेकाे छ । 

स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ । 

यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ । 

त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी (डिस्टेंस), टाइम, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ ।

 १२५ सीसीको इन्जिन दिइएको यसले ९.३ बिएचपी पावर दिन्छ । १०.५ एनएमको टर्क उत्पादन गर्ने यस स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ । 

यसको टपस्पीड ९५ किलोमिटर रहेको छ भने, शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन यसले नौ सेकेन्डमै समात्न सक्ने कम्पनीको दाबी छ । 

यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ । 

१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न चार रङमा उपलब्ध छन् । यसको मूल्य २ लाख २४ हजार रुपैयाँ तोकिएको छ । 


Back_to_top