नेक्सनको फेसलिफ्ट भर्सन छिट्टै सार्वजनिक हुँदै

काठमाडौं । टाटा मोटर्सको सर्वाधिक रुचाइएको ‘नेक्सन’ मोडलको फेसलिफ्ट भर्सन छिट्टै सार्वजनिक हुने भएको छ । टाटाले नयाँ नेक्सनको सडक परीक्षणमा तीव्रता दिएको छ ।

रोड टेष्टमा देखिएको नेक्सन फेसलिफ्टको बाहिरी डिजाइन टाटाको केही समयअघि लन्च भएको कर्भ कन्सेप्टमा आधारीत रहेको देखिन्छ । यसको अगाडिको भागमा फराकिलो एलईडी लाइट बार दिइएको छ भने पछाडिको भागमा टाटा सफारीबाट प्रभावित एलईडी सिग्नेचर टेललाइट पाउन सकिन्छ ।

नयाँ नेक्सनको सिट कलरमा पनि केही परिवर्तन गरिएको छ । २०२३ फेसलिफ्ट नेक्सनमा पर्पल कलरको सिट दिइएको छ भने यसको ड्यासबोर्ड र सेन्टर कन्सोल भने कालो कलरमा रहेको छ ।

यसमा १०।२५ इन्चको इन्फोटेनमेन्ट स्क्रीनसहित वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटी दिइएको छ । यसमा अन्य फिचरहरूमा भने ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, बिल्ट इन एयर प्युरिफायर, ३६० डिग्री भ्यू क्यामेरा लगायत समावेश गरिएको छन् ।

टाटा नेक्सन फेसलिफ्टमा अघिल्लो मोडलमा झैँ यसमा पनि समान पावरट्रेन उपलब्ध हुने अपेक्षा गरिएको छ । यसमा १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन रहनेछ । यसको पेट्रोल इन्जिनले १२५ ब्रेक हर्सपावर र २२५ एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै, डिजेल इन्जिनले भने ११३ ब्रेक हर्सपावर र २६० एनएम टर्क उत्पादन गर्छ । यसमा गियरबक्स भने अटोमेटिक म्यानुअल ट्रान्समिसनको सट्टामा नयाँ डुअल कल्च ट्रान्समिसन दिइने अनुमान गरिएको छ ।

कम्पनीले यो नयाँ मोडल आगामी जुन अर्थात् फेस्टिभ सिजनमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो सार्वजनिकपछि भारतमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३०० सँग प्रतिस्पर्धा गर्नेछ ।

यसको मूल्य भने हाल सार्वजनिक भएको छैन ।


Back_to_top