शून्य ब्याजदरमा क्रसफायर मोटरसाइकल, एक्सचेन्जमा ३० हजार थप मूल्याङ्कन

काठमाडौं । क्रसफायर तथा इटालीका मोटोले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि आधिकारिक विक्रेता क्लासिक ह्वीलले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर विभिन्न अफरसहितको नयाँ वर्ष स्कीम ल्याएको हो ।

कम्पनीले नगद छुट, फाइनान्स तथा एक्सचेन्जसहितको नयाँ वष अफर ल्याएको छ । कम्पनीको ‘नयाँ वर्ष नयाँ उमंग’ स्कीम अन्तर्गत क्रसफायर मोटरसाइकल खरिद गर्ने ग्राहकले २५ हजारसम्मको नगद छुटका साथै क्रफायर मर्चेन्डाइज, एशोसरिज तथा एड्भेन्चर राइड कुपन जित्न सक्नेछन्  ।

त्यस्तै, इटालीका मोटो स्कुटरमा नगद १५ हजार तथा मोटरसाइकलमा २५ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, क्रसफायर तथा इटालीका दुवै ब्रान्डका मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजदर तथा एक्सचेन्जको सुविधासमेत उपलब्ध रहेकोे छ ।
कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग क्रसफायर तथा इटालीका मोटरसाइकल एक्सचेन्ज गर्न सकिन्छ भने एक्सचेन्जमा ३० हजार रुपैयाँसम्मको थप मूल्याङ्क दिने कम्पनीले जनाएको छ ।


Back_to_top