एमजी एस्टरको बुकिङ खुल्ला, सुरूआती मूल्य ४८.४९ लाख

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले भारतमा निमार्ण गरेको एसयूभी एस्टरको नेपाली बजारमा बुकिङ खुला भएको छ । नेपालका लागि एमजीकाे आधिकारिक वितरक प्यारामाउण्ट मोटर्सले भारतमा बनेको हेक्टरपछि  एस्टर भित्र्याएको हो ।

कम्पनीले यसको मूल्य ४८ लाख ४९ हजार तोकेर बुकिङ खुलाएको हो । भारतीय बजारमा करिब १८ महिना अघि सार्वजनिक भएको एस्टर आयात प्रतिबन्ध लगायत कारणले नेपाल आउन सकेको थिएन । प्यारामाउण्टले केही साताअघि मात्र ९९ किलोवाट मोटर भएको एमजी जेडएस ईभीको बुकिङ समेत खुला गरेको थियो।

अहिले बुकिङ खुला भएकाे एस्टरको सुपर भेरियन्ट हो ।

यो एसयूभीमा मल्टिफङस स्टेरिङ ह्वील, १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एण्डरोइड अटो आपल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजीटल ओडोमिटर, डिउलटोन ड्यासबोर्ड, १७ इन्चको अलोय ह्वील, एलईडी हेडल्याम्प आदि फिचर रहेको छ ।

सुरक्षाका लागि यो एसयूभीमा एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, कर्नरिङ ब्रेक कन्ट्रोल, ब्रेक असिस्ट, फ्रन्ट र रियर चारै ह्वीलमा डिस्कब्रेक, ट्रायाक्सन कन्ट्रोल, हिल असिस्ट, दुई वटा एयरब्याग आदि रहेको छ ।

यसको लम्बाइ ४३२३ एमएम, चौडाइ १८०९ एमएम, उचाइ १६५० एमएम रहेको छ । यो एसयूभीको ह्वीलबेस २५८५ एमएमको रहेको छ । यो एसयूभीमा १.५ लिटरको भीटीआइ टेक पेट्रोल इन्जिन रहेको एस्टरको इन्जिनले १०८ ब्रेक हर्स पावर तथा १४४ न्युटन मिटरको टर्क प्रदान गर्छ । एस्टर सुपरमा ५ स्पीडको म्यानुअल गियरबक्स रहेको छ ।

एस्टरले नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेको हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक र फक्सवागेन टाइगुनसँग सिधा प्रतिस्पर्धा गर्नेछ । प्यारामाउण्ट मोटर्सले एस्टर नेपाली बजारमा अप्रिल महिनाको अन्त्यसम्ममा डेलिभरी दिने जनाएको छ ।


Back_to_top