किया सेल्टोसको अपडेटेड भर्सन सार्वजनिक, ५ भेरियन्टमा उपलब्ध

काठमाडौं ।  किया सेल्टोसको अपडेटेड भर्सन सार्वजनिक भएको छ । कम्पनीले यसअघिको मोडलमा बाहिरी र भित्री भागमा व्यापक सुधार गर्दै नयाँ सेल्टोस अमेरिकामा  सार्वजनिक गरेको हो ।

एलएक्स, इएक्स, एस, एक्स लाइन र एसएक्स गरि विभिन्न पाँच भेरियन्टमा उपलब्ध यसमा दुई वटा पावरट्रेन अप्सन दिइएको छ ।

यसमध्ये, ई एक्स र एस भेरियन्टमा १.६ लिटर टर्बो इन्जिन दिइएको छ । यो इन्जिनले १९५ ब्रेक हर्सपावर र २६४ एनएम टर्क उत्पादन गर्छ । यसलाई ८ स्पीड अटोमेटिक ट्रान्समिसनसँग जडान गरिएको छ ।

एक्स लाइन र एसएक्स भेरिएन्टमा अल ह्वील ड्राइभ अप्सनसहित १.६ लिटर टर्बो इन्जिन दिइएको छ । यसको बेस भेरिएन्टमा भने २.० लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन दिइएको छ । यो इन्जिनले १४६ ब्रेक हर्सपावर र १७९ एनएम टर्क उत्पादन गर्छ ।

कियाले नयाँ सेल्टोसमा १३ वटा एक्स्टेरियर कलर अप्सन दिएको छ । जसअन्तर्गत, स्टिल ग्रे, फ्युजन ब्ल्याक, ग्राभिटी ग्रे, स्नो ह्वाइट पर्ल, मार्स अरेन्ज, नेप्ट्युन ब्लू, डार्क ओसन ब्लू, प्लुटन ब्लू, भेलाइस ग्रीन, क्लियर ह्वाइट/फ्युजन ब्ल्याक रुफ, डार्क ओसन ब्लू/क्लियर ह्वाइट रुफ, प्लुटन ब्लु/फ्युजन ब्ल्याक रुफ र भेलाइस ग्रीन/फ्युजन ब्ल्याक रुफ रहेका छन् ।

त्यस्तै, यसको इन्टेरियरमा ब्ल्याक क्लोथ सिट, ब्ल्याक सिन्टेक्स र क्लोथ सिट, ब्लू एण्ड ब्ल्याक सिन्टेक्स र क्लोथ सिट, ब्ल्याक सिन्टेक्स, ब्राउन सिन्टेक्स सिट, ग्रीन सिन्टेक्स सिट गरी ६ वटा विकल्प दिइएको छ ।

यसको एक्सटेरियरमा न्यू ग्रिल, स्लिकर हेडलाइट, लोवर बम्परमा भर्टिकल्ली लेड आउट आइस–क्यूब इफेक्ट एलईडी एलिमेन्ट लगायत दिइएको छ ।

यसमा टेलुराइड र सोरेन्टोमा प्रयोग गरिएको एलइडी कनेक्टिङ टेल लाइट ग्र्याब अटेन्सन दिइएको छ । यसले नयाँ कियाको लूक्स थप प्रिमियम बनाएको छ । यसमा पानारोमिक डिस्प्ले पनि पाउन सकिन्छ ।

फिचर्सहरूमा भने, नयाँ किया सेल्टोसमा मल्टी जोन क्लाइमेट कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिटेड फ्रन्ट सिट, बस प्रिमियम अडियो सिस्टम, वायरलेस चार्जिङ, किया कनेक्ट टेलिमेटिक्स सुइट लगायत दिइएको छ ।

यसमा भेन्टिलेटेड फ्रन्ट सिट, स्मार्ट पावर टेलगेट, सनरुफ र डिजिटल की पनि समावेश गरिएका छन् ।

कम्पनीले आगामी किया सेल्टोसमा एडास सुट दिएको छ । यसले अटो इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्शन, स्मार्ट एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, हाई बीम असिस्ट र अगाडि र पछाडिको भागमा ट्राफिक डिटेक्ट गर्ने काम गर्दछ ।

यसको सुरूआती मूल्य २४ हजार ३९० डलर देखि २९ हजार ९९० डलर रहेको छ । यो गाडी भारतीय बजारमा आगामी वर्ष सार्वजनिक हुने अनुमान गरिएको छ । हाल सेल्टोस फेसलिफ्ट मोडल भने भारतमा परीक्षणका क्रममा रहेको छ ।


Back_to_top