काठमाडौं । जीपले ५५० किलोमिटर रेन्ज दिने कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले जीप एभेन्जर नामक ईभी एसयूभी सार्वजनिक गरेको हो ।
यो गाडीमा ४०० भोल्टको इलेक्ट्रीक मोटर दिइएको छ । डब्ल्यूएलटीपीका अनुसार यसको ब्याट्रीले सिङ्गल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्छ । यसलाई सिटी ड्राइभिङमा भने ५५० किलोमिटर रेन्ज भएको कम्पनीको दाबी छ ।
यसमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल कन्सोल, ह्यान्ड्स फ्री पावर लिफ्टगेट, एनोनिमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक साइन रिकग्निसन र लेन किप एसिस्ट जस्ता फिचर्स दिइएको छ ।
यो ईभीमा फुल एलईडी हेडलाइट, टेललाइट, मल्टी कलर एम्बिएन्ट लाइटनिङ, लेभल २ एडास सिस्टम, १६ इन्चको अलोय ह्वील, ३६० डिग्री पार्किङ सेन्सर, टप ड्रोन लाइक भ्यू सहितको रियर क्यामेरा समेत पाउन सकिन्छ ।

यो नयाँ ईभीको डिजाइन र उत्पादन भने युरोपमा गरिएको हो । यसमा आकर्षक ग्राउण्ड क्लियरेन्स भएकाले अफ रोडका लागि पनि उपयुक्त हुने कम्पनीको भनाइ छ । फ्रन्ट ह्वील ड्राइभ अप्सनमा आउने जीपको यो ईभीमा सेलेक टेरेन र हिल डिसेन्ट कन्ट्रोल दिएको छ ।
जीप एभेन्जर ईभी रुबी रेड, भोल्क्यानो ब्ल्याक, स्टोन स्यान्ड ग्रे, लेक लाइट ब्लु सन, ग्रेनाइट र स्नो जस्ता पेन्ट स्कीममा उपलब्ध रहेको छ ।


