होन्डाले देखायो ३ नयाँ ईभी

काठमाडौं । होन्डाले चीनमा जारी ‘संघाई अटो शो २०२३’मा तीन वटा इलेक्ट्रीक एसयूभी प्रदर्शनी गरेको छ । कम्पनीले ईःएनपी२, ईःएनएस२ र ईःएन एसयूभी प्रोलग देखाएको हो ।

यी सबै गाडी चिनियाँ बजारमा आगामी वर्षसम्म विक्री वितरणका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रदर्शनी गरिएका गाडीहरु मध्ये, ईःएनपी२ र ईःएनएस२ मा मस्कुलर क्रिज, एलइडी लाइट बार, बडी लाइनहरु समान देखिएका छन् ।

कम्पनीका अनुसार ईःएनपी२मा वाइड एयर इन्लेटसहितको स्पोर्टी बम्पर सेक्सन, सी-सेप्ड सिग्नेचर एलइडी लाइट बार पाउन सकिन्छ । ईःएनएस२मा एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । यसको ईःएन एसयूभी प्रोलग कन्सेप्ट मोडल भने होन्डा सीआर भीबाट प्रभावित भएको देखिन्छ ।

हाल कम्पनीले यी इलेक्ट्रीक एसयूभीको थप टेक्निकल स्पेसिफिकेसन सार्वजनिक गरेको छैन । यद्यपि, यसमा एड्भान्स इन्फोटेन्मेन्ट सिस्टम र एडास फिचर्स सहित एआई प्रयोग गरिएका थुप्रै फिचर्स पाउन सकिने अनुमान छ ।

पछिल्लो दिनमा होन्डाले आफ्नो चिनियाँ फ्लिट विद्युतीय बनाउने योजना रहेको बताएको थियो । यसैबीच, कम्पनीले यी मोडल प्रदर्शनी गरेको हो ।


Back_to_top