काठमाडौं । संसारको सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटाकर्पले नयाँ मोटरसाइकल सार्बजनिक गर्ने भएको छ ।
हिरो मोटोकर्पले कम्प्यूटर सेगमेन्टमा बीएस ६ फेज टू मापदन्ड अन्तर्गत निर्माण भएको १०० सीसीको प्यासन प्लस मोटरसाइकल सार्बजनिक गर्ने भएको हो ।
हिरो प्यासन मोटरसाइकल हिरो मोटाकर्पको नयाँ मोडल भने होइन । हिरो प्यासन दुई भेरियन्टमा बजारमा अहिले पनि गुडेको देख्न सकिन्छ । केहि वर्ष अगाडि कम्पनीले यो मोडलको उत्पादन र विक्री बन्द गरेको थियो । अब कम्पनीले नयाँ फिचरहरु सहित प्यासन प्लस नयाँ भेरिएन्टमा सार्बजनिक गर्ने भएको हो ।
कम्पनीले प्यासन प्लस भारतीय बजारको डिलरहरुमा पठाइसकेको र अब बिक्री गर्ने तयारी गरिरहेको मिडिया रिपार्टमा उल्लेख गरिएको छ ।
पेसन प्लसमा ९७.२ सीसी क्षमताको बीएस ६ फेज टू इन्जिन रहेको छ । उक्त इन्जिनले ७.९१ बीएचको हर्सपावरसँगै ८.५ एनएमको टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ४ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, आई ३ एस स्टार्ट÷स्टप टेकनीक, एबीएस जस्ता फिचरहरु उपलब्ध हुने अनुमान गरिएको छ ।
हिरो प्यासन प्लसले बजारमा होन्डाको १०० सीसी साइनलाई सीधा प्रतिस्प्रधा दिने अनुमान गर्न सकिन्छ ।


