आकर्षक अफरोड मिनी, यस्ता छन् फिचर

काठमाडौं । जीली मोटर्सले ‘संघाई अटो शो २०२३’मा सार्वजनिक गरेको पान्डा ईभीको स्पेशल एडिसनले विश्वभर चर्चा पाएको थियो । रेगुलर मोडलको पान्डा ईभीमा कस्मेटीक परिमार्जन गर्दै अफरोड एसयूभीको लुक्समा तयार पारेको कारण यसको चर्चा विश्वभर भएको हो ।

कम्पनीले यसलाई अफरोड लुक्स प्रदान गर्न चंकी ह्वील, रुफरेल, विन्डो ल्याडर, अगाडि प्रोजेक्सन लाइट, गाडी तान्न प्रयोग हुने हुक र विभिन्न स्थानमा पहेँलो कलरको एसेन्टहरु प्रदान गरेको छ ।

जीलीले अफरोड लुक्स प्रदान गरेको पान्डा मिनीमा १७ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

चिनियाँ कम्पनी जीलीले पान्डा मिनीको यो स्पेशल एडिसनमा ३० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । उक्त मोटरले ४१ बीएच पावर र ११० एनएम टर्क प्रदान गर्छ ।

निकै सानो साइजमा रहेको पान्डा मिनीको लम्बाई ३०६५ एमएम, चौडाई १६०० एमएम र उचाई १५२२ एमएम रहेको छ । यसमा २०१५ एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

आधुनिक फिचर भएको यो मिनी ईभीको रेगुलर मोडल भने चिनियाँ बजारमा विक्री हुँदै आएको छ । कम्पनीले ३ हजार डलरदेखि ६ हजार डलरसम्म मूल्य कायम गरेर पान्डा मिनी विक्री गर्दै आएको हो ।


Back_to_top