काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा उत्पादन गर्ने सबै कारमा कम्तीमा ४ वटा एयरब्याग र सबै थ्री प्वाइन्ट सिटबेल्ट प्रयोग गर्ने भएको छ । कम्पनीले अक्टोबर २०२३ बाट बजारमा जाने सबै कारमा यो व्यवस्था गर्न लागेको हो ।
भारतीय बजारमा उत्पादन भएका गाडी सुरक्षाको हिसावले कमजोर नहोस् भन्न कम्पनीले नयाँ ब्यवस्था गर्न लागेको जनाएको छ । जुन अघिल्लो महिना (अप्रिल) बाट नै क्रेटा, भेन्यू र आई २० मा लागु भइसकेको छ । उसोत भारत सरकारले पनि ६ वटा एयरब्याग र थ्री प्वाइन्ट सिटवेल्ट अनिर्वाय गर्न लागेको छ ।
अहिले हुन्डाईले उत्पादन गर्दै आएको टुसान, कोना ईभी, क्रेता, अल्काजार, आयोनीक फाइभ र भर्नाको स्टायडर्ड भेरियन्टमा नै ६ वटा एयरब्याग पाउन सकिन्छ । ती वाहेक भेन्यू, ग्राण्ड आई १० नियोस र अउरा जस्ता मोडलमा पनि कम्तीमा स्टाडर्ड रुपमा ४ एयरब्याग रहनेछन् ।
अहिले उत्पादन भइरहेका गाडीमा नै अनिर्वाय ४ एयरब्याग र थ्री प्वाइन्ट सिटवेल्ट हुने भएकोले पछि आउने क्रममा रहेको ‘एक्सटर’ माइक्रो एसयूभीमा पनि यहि फिचर उपलब्ध हुनेछ । आगामी अगस्टबाट एक्सटरको विक्री सुरु हुने अनुमान गरिएको छ ।


