मुख्य ४ फिचर थप भएर आयो नयाँ रेनो ‘काइगर’, मासिक किस्ता ३२ हजार

काठमाडौं । रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइल प्रालिले आफ्नो सफल सब फोर मिटर एसयूभी काइगर २०२३ मोडलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नेपाल ल्याएको काइगरको इन्ट्री भेरियन्ट ‘आरएक्सई’को बुकिङ खुल्ला गरेको हो ।

यसअघि विक्री हुँदै आएको काइगर आरएक्सईको तुलनामा नयाँ काइगरमा सुरक्षा फिचर थप भएर आएको कम्पनीले जनाएको छ ।

‘पहिलेको तुलनामा निकै एड्भान्स सुरक्षा फिचर ग्राहकले नयाँ मोडलमा उपलब्ध छन् । विशेषगरी बीएस सिक्सको फेज २.० मा आधारित इन्जिन, इलेक्ट्रोनीक्स स्टेविलिटी प्रोग्राम, ट्रायाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट र टायर प्रेसर मोनिटर जस्ता फिचर यसमा पाउन सकिन्छ’, कम्पनीका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले मेरोअटोसँग भने ।

फिचर थप भएर आएसँगै गाडीको मूल्य पनि बढेको छ । यसअघि २९ लाख ९९ हजार मूल्य तोकेर विक्री हुँदै आएको आरएक्सई भेरियन्ट २०२३ मोडलमा आउँदा ५ लाख रुपैयाँले मूल्य बढेर ३४ लाख ९९ हजार रुपैयाँ भएको छ ।

बढेको मूल्य नयाँ फिचर र इन्जिन अनुसार ठिक भएको श्रेष्ठ दावी गर्दै भन्छन्, ‘नयाँ मापदण्डको इन्जिनको कारण सबैको मूल्य बढेको छ । त्यसमा प्रिमियम गाडीमा उपलब्ध फिचर थप भएर आएकाले यो मूल्य राम्रो छ ।’

कम्पनीले अहिले काइगर आरएक्सई भेरियन्टको बुकिङ लिइरहेको छ । अबको केही दिन भित्रै डेलिभरी दिने तयारी भइरहेको काइगर किन्ने ग्राहकले मासिक ३२ हजार रुपैयाँ हाराहारी पर्न आउँछ ।

ब्यक्तिले निजी प्रयोगको लागि गाडी किन्दा मूल्यको ५० प्रतिशत मात्रै कर्जा सुविधा पाउने छ । उक्त कर्जा सुविधा ७ वर्षको लागि हुने र अहिले बजारको ब्याजदर १३ प्रतिशत हाराहारी चलिरहेको कारण ३२ हजार मासिक किस्तामा रेनो काइगर आरएक्सई किन्न सकिने छ ।


Back_to_top