कति पर्ला नेक्सन म्याक्स ईभीको मूल्य ?

काठमाडौं । भारतमा १०५ किलोवाट क्षमताको मोटरमा उपलब्ध टाटा नेक्सन म्याक्स नेपालमा १०० किलोवाटभन्दा कम क्षमताको मोटरमा आउने भएसँगै यसको मूल्य कति पर्ला भन्ने विषयले चर्चा पाएको छ ।

सिप्रदी ट्रेडिङले नेपाल मंगलवारबाट विक्री सुरु गर्न लागेको नेक्सन म्याक्स भारतमा विभिन्न ८ भेरियन्टमा उपलब्ध रहेको छ । तर, नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

भारतीय बजारमा १६ लाख ४९ हजारदेखि १९ लाख ५४ हजार एक्स शोरुम मूल्य तोकेर विक्री हुँदै आएको नेक्सन म्याक्स नेपालमा कति मूल्य कायम होला भन्ने कुरा निकै चासोका साथ हेरिएको छ ।

जबकी भारतीय बजारमा नेक्सन प्राइमको मूल्य १४ लाख ४९ हजारदेखि १७ लाख १९ हजार भारतीय रुपैयाँ रहेको छ । नेपालमा प्राइमको मूल्य ३८ लाख ९९ हजारदेखि टप डार्क एडिसनको ४३ लाख ९९ रुपैयाँसम्म रहेको छ । यसलाई आधार मान्दा नेक्सन म्याक्सको मूल्य ४५ लाखदेखि ५० लाखसम्म हुने अनुमान गर्न सकिन्छ ।

सिप्रदीले यसको नयाँ मूल्य भने मंगलबार बेलुका मात्रै सार्वजनिक गर्ने मिति तय गरेको छ ।


Back_to_top